कोरोना संक्रमणबाट कोहलपुरका ३८ बर्षीय युवकको मृत्यु
नेपालगन्ज २४, असोज । कोरोना भाइर संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ बर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो