स्वास्थ्य

थप उपचारका लागि क्रिकेटर भण्डारी काठमाडौँको ग्रान्डी अस्पतालमा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । गम्भीर मोटरसाइकल दुर्घटनापछि धनगढी र कोहलपुरमा प्रारम्भिक उपचार गरिरहेका भण्डारीलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाईकल आपसमा ठोकिएको थियो। जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका

एकैदिन ८७९ जनाले कोरोनालाई जिते, १५ जनाले गुमाए ज्यान

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ८७९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका जानकारी दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८७९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका जानकारी दिए । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५ सय ६७ पुगेको छ । यो निको हुनेको दर ७१ दशमलव ५ रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

जुम्लामा सुरु भयो डा.गोविन्द केसीको १९ औँ सत्याग्रह

काठमाडौं । डा. गोविन्द केसीले १९औँ सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आएका डा. केसीले जुम्लामा १९औँ सत्याग्रह सुरु गरेका हुन् । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनी अनसन बसेका हुन् । स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै सरकारसँग सहमतिमा तोड्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी पुनः अनसनमा बसेका हुन् । कोरोनाभाइरस संक्रमण बढेका बेला

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी सोल्टी होटलको आइसोलेसनमा छन्। आइतबार स्वाब दिएका उनको सोमबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसन भर्ना भएका हुन् । तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट दक्षिण सुडान लगेका उनलाई कोरोना देखिएको हो ।

बाँकेमा डिस्चार्ज हुनेको संख्या हजार नाघ्यो

नेपालगन्ज २९, भदौ । बाँकेमा सोमवार तीन बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएका ७ बर्षिया र ९ बर्षीया बालिकापनि डिस्चार्ज भएका छन् । उपचारका लागि आएका उनीहरुमा पनि भाइरस संक्रमण देखिएको थियो । ३ बर्षका बालकलाई खजुरास्थित कृषि

गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गयो

काठमाडौं – कोरोनाभाइरसको संक्रमणबाट गण्डकी प्रदेशका थप ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा कास्कीका पुरुष, तनहुँकी महिला र गोरखाका पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको मादी गाउँपालिका–४ घर भएर हाल काठमाडौं बस्दै आएका ५१ वर्षीय पुरुषको भदौ २६ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ २४ गते कोरोना संक्रमणदेखिएपछि अस्पताल भर्ना भएका उनको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो

काठमाडौं २८, भदौ । कोरोना भाइरसको संक्रमणबाट आइतवार थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा मात्र ६५

आज थपिए १ हजार ३९ जना कोरोना संक्रमित

काठमाडौं २८, भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पीसीआर

तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

तनहुँकी एक महिलाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिला रहेकी छिन् । उनको आइतबार काठमाडौँस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएकी ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं उपचारको लागि ल्याइएको थियो । भदौ २० गते अस्पताल भर्ना भएकी उनको आज उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो । ती महिलामा मुटुसम्बन्धी

नेपालमा एकैदिन ८ सय ५२ जनाले जिते कोरोना

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसलाई जित्नेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप  ८ सय ५२ जनाले कोरोनालाई जितेको जानकारी दिए । यससँगै नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।  आजसम्म डिस्चार्ज हुने ७० दशमलव ६ प्रतिशत