जडीबुटी खाँदा अछाममा एक जनाको ज्यान गयो
अछाम । घरबाट भारत जान भन्दै आएका एक व्यक्तिले दिएको जडिबुटी खाँदा अछाममा एक व्यक्तिको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन् । चौरपाटी गाउँपालिका–४ पालयका ४२ वर्षीय गणेश खत्रीको नचिनेको जडिबुटी खाएर ज्यान गएको मृतकका दाजु दीपक खत्रीले जानकारी दिनुभयो । खत्रीको साथमै जडिबुटी खाएका साँफेबगर नगरपालिका–७ का वडा सदस्य रहेका २९ वर्षीय किशोर भाट घाइते भएपछि वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतक खत्रीको शवको