अर्थतन्त्र

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी वढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो। प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ

नेपालगञ्ज उमनपाको बजेट एक अर्ब ५४ करोड

नेपालगंज । नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ । नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २/२ रुपैयाँले बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलको मूल्यमा २/२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब पेट्रोल १२७ रुपैयाँ प्रति लिटर,  डिजेल ११० रुपैयाँ प्रति लिटर, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रती लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रति लिटर कायम भएको छ ।    

पेट्रोलियम पदार्थको मूल्य वढेसंगै पेट्रोल प्रतिलिटर १२५ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

नयाँ आवको बजेटमा यस्ता छन राहतका प्याकेज

काठमाडौं । शनिवार सार्वजनिक गरिएको आव २०७७/०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी

यो बजेट कार्यान्वयन नभइ खारेज हुन्छ : पूर्व अर्थमन्त्री पुन

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका वर्षमान पुन ‘अनन्त’ले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गरेका छन् । सरकारले अध्यादेशमार्फत् शनिबार करिब साढे १६ खर्बको बजेट सार्वजनिक गरेपछि पूर्व अर्थमन्त्री पुनले कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने टिप्पणी गरेका हुन् । उनले संसद पुनस्स्थापना हुने र यो बजेट खारेज हुने पनि बताए । उनले कार्यान्वयन हुन कठिन बजेट ल्याएको भन्दै आलोचना गरे । संसद पुनस्स्थापना भएपछि नयाँ

राजनीतिक स्वार्थ पुरा गर्न बजेट आयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले राजनीतिक स्वार्थ पुरा गर्न मात्र बजेट ल्याएको टिपपणी गरेका छन् । बजेटबारे संक्षिप्त प्रतिकृया दिँदै महतले भने– ‘सरकारले राजनीतिक स्वार्थपूर्तिको लक्ष्य राखेर बजेट ल्याइएको छ । तर, तुरुन्त कार्यान्वयनमा समस्या हुने देखिन्छ ।’ बजेटमा समावेश कार्यक्रम कहिले र कसरी गर्ने भन्ने केही उल्लेख नभएको भन्दनै कार्यक्रम सम्पन्न हुनेमा विश्वस्त हुने कुनै आधार नरहेको धारणा राखेका छन् ।

६ बर्ष पछि वढेको राशनभत्ताले सुरक्षाकर्मिमा छाएन उत्साह

काठमाडौं । सरकारले सुरक्षाकर्मीलाई फेरि अन्याय गरेको छ । ६ वर्षको अवधिमा जम्मा १५ प्रतिशत राशनभत्ता बृद्धि गरिएको छ ।याे वृद्धिले सुरक्षाकर्मीहरु खुसि र उत्साहित भएका छैनन्। गृह मन्त्रालयले  अर्थलाई ३५ प्रतिशत बृद्धि गर्न सिफारिस गरेको थियो । पछिल्लो ६ वर्षमा करिब ३५ प्रतिशत महंगी बढेकाले सोही अनुसार रासनभत्ता बृद्धि गर्न सिफारिस भएको थियो । त्यसविपरीत थोरै मात्र बृद्धि भएको छ । जसअनुसार मासिक भत्ता करिब आठ सय रुपैयाँ बृद्धि

अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेशरस्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ प्रतिशतले राशन वृद्धि

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत प्रहरी र शसस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको हो । जसका लागि १६ खर्ब २० अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए ।