सरकारले नयाँ आर्थिक वर्षको बजेट जेठ १५ मा सार्वजनिक गर्दै
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट १५ जेठमा सार्वजनिक गर्दैछ । वर्तमान काम चलाउ सरकारले बजेट ल्याउन नमिल्ने अर्थविद्हरुले बताइरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बालुवाटारबाटै बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । यसैअनुरुप शुक्रबार आर्थिक सर्वेक्षण