पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ । यसअघि प्रति १५