अर्थतन्त्र

साउन र भाद्र महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बराबर घाटा व्यहोरेको छ । विभागको

दोस्रोपटक कृष्णहरि पुष्कर अर्थसचिव नियुक्त

काठमाडौं । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।  २० वैशाख ०८० मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ सचिवका रुपमा काम गर्न पाए ।पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो । उनी यसअघि २६ साउन २०७९मा

एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको हो । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतको वृद्धि हो ।  अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८

भारत सरकारद्वारा प्याजमा ४० प्रतिशत कर

काठमाडौं । भारतले प्याजको निर्यातमा कर लगाएको छ । प्याज निर्यात नियन्त्रण गर्दै मूल्य घटाउन भारत सरकारले निर्यातमा कर लगाउने निर्णय गरेको हो । भारतको केन्द्र सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने व्यवस्था गरेको हो । जसले नेपालमा समेत प्याजको भाउमा असर पर्नेछ । अहिलेसम्म प्याजको निर्यातमा कुनैपनि किसिमको कर लाग्दैन थियो । तर, हाललाई भने प्याजको निर्यात निरुत्साहित गर्दै मूल्य वृद्धिलाई नियन्त्रणमा राख्नका लागि केन्द्र सरकारले निर्यातमा ४०

रसुवामा दुई किलो सुनसहित दुईजना पक्राउ

रसुवा । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले दुई किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा रहेको प्रहरीले जनाएको छ । आइतबार मोटरसाइकलबाट कठमाडौंतर्फ आउँदै गरेका शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवा प्ररहीका डीएसपी सुवास बुढाथोकीले बताए । उनका अनुसार स्याफ्रुबेसी चेकपोष्टमा चेकजाँच गर्नेक्रममा सुन भेटिएको हो । शेर्पाले सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए ।

पेट्रोलमा ५, डिजेल र मट्टितेलमा १४ रुपैयाँले मूल्यवृद्धि

काठमाडौं ।सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ।बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटरमा ५ रुपैयाले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम

तस्करीको सुन गालेर सकियो, गुणस्तर  र वास्तविक तौल आउन केही दिन लाग्ने

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।  गालेर विस्कुट आकारमा तयार पारिएको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो ।  यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल

सरकारको खाता आजदेखि रोक्का

काठमाडौं । आजदेखि नेपाल सरकार, प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन्। महालेखाका अनुसार प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु आज साटिने छन् । आजबाट नयाँ चेक जारी गर्न नपाइने महालेखाको

घट्यो डिजेल,पेट्रोल र मट्टितेलको मूल्य

काठमडौं । सरकारले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनालाई स्थायी रोजगारी दिने भएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनाको लागि रोजगार दिने भएको हो । आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ । बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी