टी-२० आई सिरिजमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं : हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६