सातौ प्रधानमन्त्री कपको उपाधि एपिएफलाई
नेपालगन्ज । नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता उपाधि जितेको छ । मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गर्ने छन् । एपिएफ लिगमा शीर्षस्थानमा रहँदै उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले