आईसीसी महिला टी–२० मा न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन
दुवई । आईसीसी महिला टी–२० विश्वकप २०२४ उपाधि न्यूजिल्याण्डले हात पारेको छ । दक्षिण अफ्रिकालाई न्यूजिल्याण्डले ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको हो । यस खेलमा दक्षिण अफ्रिकाको महिला टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । किवीले अवसरको फाइदा उठाउँदै पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाकाको टिमले लगातार