किर्तिमानी पाइलट भावना नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने
नेपालगंज । पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने किर्तिमानी नेपाली महिला पाइलट भावना पन्त नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन आउने भएकी छन् । नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवस(फागुन २४, २०७९)मा पहिलोपटक एयरबसलाई काठमाडौं–दुबई–काठमाडौं सफल अवतरण गराएकी थिइन् । अन्तर्राष्ट्रिय उडानहरुमा व्यस्त क्याप्टेन भावनाले नेपालगन्ज म्याराथनका सहभागीहरुसँग सुर्खेतरोडमा ऐक्यबद्धता जनाउनुका साथै अघिल्लो दिन हुने नेपालगन्ज कनक्लेभमा प्यानलिस्ट भएर अनुभव बाँड्ने भएकी हुन् । महिला सशक्तीकरण सम्बन्धि