खेलकुद

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सी

एजेन्सी – इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथिदोस्रो लेगमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमारहिम स्टर्लिङ र काई हाभर्टजले गोल गरे । ४३औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५०औं मिनेटमा काई हाभर्टजले पेनाल्टी चुकाएपनि५३औं मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले जोडदार अपिल गरेपछि रेफ्रीले भिएआरको सहायतालिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । दुई गोलले पछि परेको डर्टमुन्डले त्यसपछि घरेलु टोलीमाथि बल पोसेसन राखेर दवाव बढाएपनि गोल गर्न नसक्दा अन्तिम १६ बाटैबाहिरिन पुग्यो ।

अरुणा र अञ्जन बने वर्ष खेलाडी

काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही र नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिलामा वर्ष खेलाडी घोषित भएकी हुन् ।  पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पारे

पल्सर स्पोर्ट्स अवार्ड आज

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा आज (मंगलबार) पल्सर स्पोर्ट्स अवार्ड २०७८ हुँदैछ । हरेक वर्ष हुँदैआएको यस वर्षको अवार्ड कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः१५ बजेपछि शुरु हुनेछ । मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले अवार्डका लागि सम्पूर्ण तयारी भएको जानकारी दिए । मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्दैछ । मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै

लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडोको उपाधी खजुराको मंगोलियनलाई

नेपालगंज । दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगितामा बाँके खजुराको मंगोलियन जुडो डोजेले उपाधी जितेको हो । बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न खेलमा मंगोलियनले ६ स्वर्ण, २ रजत र ५ कास्य जित्दै उपाधी जितेको हो । दाङ जुडो डोजोले ३ स्वर्ण, ४ रजत र ३ कास्य जित्दै दोस्रो स्थानमा रह्यो भने २ स्वर्ण, ४ रजत र ६ कास्यसहित प्रतियोगिता आयोजक कम्दी जुडो डोजो तेस्रो बन्यो । त्यस्तै बर्दिया जुडो डोजोले भने

दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा शुक्रबारदेखी दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा जुडो प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले व्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले खेलकुदले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भन्दै गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए । खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र

भोट माग्न रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

काठमाडौं । राष्ट्रपति निर्वाचनमा भोट माग्न सुवास नेम्बाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेका छन् । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका उनी पार्टीका केही नेतासहित बसुन्धरास्थित रास्वपा कार्यालय पुगेका हुन् । उनले रास्वपाका नेताहरुसँग गर्न राष्ट्रपति निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका थिए । राष्ट्रपति चयनका लागि २५ गते मतदान हुने छ । एमालेबाट नेम्बाङ र नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । राष्ट्रपतिमा कसलाई सहयोग गर्ने

यूएईलाई हराउँदै नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्क सिरिजमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ औं ओभरमा १३९ बनाउँदै अलआउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए । उनले ५४ बलामा ९ चौका र १ छक्का प्रहार गरेका

सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि आज यूएई पठाउन लागेको हो । क्यानका म्यानेजर विनोद दासका अनुसार सन्दीपको भिसा पनि आइसकेको छ । विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ ।  विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप यसअघि नेपाली राष्ट्रिय टिमसँग जानबाट बञ्चित भएका थिए । तर, सर्वोच्चले आइतबार उनको

मलेसियामाथि सानदार जितसँगै नेपाल विश्वकप नजिक

काठमाडौं । आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ राजेको मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको थियो । नेपालले ९ ओभारमा कुनै पनि विकेट नगुमाई उक्त लक्षय पूरा गर्यो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । दीपकले २९

कुवेतमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको शानदार जित हासिल गरेको छ । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा नेपालले शानदार जित हात पारेको हो । युएईको मलेक क्रिकेट ग्रउन्डमा शनिबार भएको खेलमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०–५ ओभरमा १०० रनमा अलआउट भयो । कुवेतलाई १०० रनमा अलआउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए भने