अरुणा र अञ्जन बने वर्ष खेलाडी
काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही र नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिलामा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पारे