ब्राजिलका प्रशिक्षक टिटेद्धारा पद छाड्ने घोषणा
एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न सकेनन् । ‘यो निकै कठिन निर्णय हो,’ क्रोएसियाविरुद्ध हारपछि टिटेले भने, ‘एउटा