नेपाल स्कटल्यान्डसँग पराजित
काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ । नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको हो । १३८ रनको लक्ष्य स्टकल्यान्डले ३२.१ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो । १३८ रनको लक्ष्य पूरा गर्ने क्रममा स्कटल्यान्डका क्रिष्टोफर म्याकब्राइडले ४३ रन बनाए ।