जीवनशैली

भेरी अस्पताललाई अक्सिजन खरिद गर्न वडाध्यक्ष बेहनाद्धारा दुई लाख सहयोग

नेपालगंज । भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन सिलिन्डर अभाव भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ । यहीबेला नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन खरिद गर्न दुई

ताप्लेजुङमा भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन्

कोरोना संक्रमणबाट रुपन्देहीमा ६ जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरसका कारण रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् २ जना र भैरहवामा रहेको युसिएमएस कोभिड अस्पताल ४ जनाको मृत्यु भएको हो ।   रुपन्देहीकै २ महिला र १ पुरुष र अन्य जिल्लाका ३ जनाको मृत्युभएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उपचाररत् महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो । अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल

आगलागीमा परि बालिकाको मृत्यु, आमा घाइते

दाङ । आगलागीमा परि १ वर्षीया बालिकाको मृत्यु भएको छ, भने आमा घाइते भएकी छन् । दाङको राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाइते

झापा । एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । झापा दूधेस्थित पूर्वपश्चिम राजमार्गमा बा२१च ७९८४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परि सह–चालक गम्भिर घाइते भएका छन्। चालक गोदावरी नगरपालिका–७ देविचौर निवासी चालक उत्सव घिमिरेको मृत्यु भएको हो। एम्बुलेन्समा सवार देविचौरकै अर्का युवक सन्तोष तामाङ गम्भिर घाइते भएका छन्। एम्बुलेन्समा सवार त्यसै ठाउँका २० वर्षी तामाङलाई बिएन्सी अस्पताल बिर्तामोडमा लगिएको प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको

जिल्ला प्रशासन कार्यालय गुल्मीको गाडी दुर्घटना दुईको मृत्यु

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको हो । गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारीलगायत सवार रहेको जनाइएको

नेपाल फर्कने टिकट काटेका गगनको हृदयघातले मृत्यु, शव आजै सुर्खेत पुर्याइदै

काेठामै सुतेकाे समयमा आज भन्दा १० दिन अगाडि हृदयाघातका कारण दक्षिण काेरियामा मृत्यु भएका सुर्खेतका गगन रावलकाे शव आज नेपाल ल्याइएको छ । मृतक रावल अप्रिल ९ तारिख अर्थात आजकै दिन नेपाल आउने तयारीमा थिए,उनलेे आजै नेपाल आउन जहाजको टिकट पनि लिएका थिए । तर दुर्भाग्य आज उनको पार्थिव शरीर बाकसमा नेपाल आएको छ । उनको शव लिन त्रिभुवन विमानस्थल पुगेका उनका आफन्त तथा शुभचिन्तकहरु निकै स्तब्ध थिए । याे

गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गयो

प्युठान । प्युठानमा आगाेलागीमा परी दुई बालबालिकाको ज्यान गएको छ । प्युठान जिल्लाको गाैमुखी गाउँपालिका–३ रजवाराका रमेश रानाको गोठमा आगलागी हुँदा उनको  ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको आगाेमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा प्रहरी पुगेर आगाे के कति कारणले लागेकाे हाे

सहसचिवहरुको सरुवा तयारी

काठमाडौं । सरकारले दर्जनौँ सहसचिवको सरुवा गर्दै छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरकारले नियुक्त तथा पदस्थापन गरेका ४४ सहित अन्य एक दर्जन गरी ५५ जना भन्दा बढी सहसचिवको सरुवा गर्न लागेको हो । १२ चैतमा बसको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताबाट २२ र कार्य क्षमताबाट २२ गरी ४४ जनालाई नियुक्त गर्दै एकमुष्ठरुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

प्रदुषणले स्वासप्रस्वास र आँखाको विरामी वढ्दै

काठमाडौं । गत शुक्रबारदेखी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा लागेको गम्भिर प्रकृतिको तुँवालो नहट्दा मानिसमा गम्भिर समस्याहरु देखापर्न थालेका छन् । दीर्घरोगी, फोक्सो, मुटु, छालादेखि स्नायु प्रणालीसम्मका गम्भिर प्रकारका समस्या देखिन थालेको हो ।   अहिले बढिगरी आँखा पोल्ने समस्या राजधानीमा देखिन थालेको चिकित्सकहरु बताउछन् । वायुमा देखिएको प्रदुषण ६ दिनदेखी नहट्दा मानिसहरुलाई ज्वरो आउने, खोकी लाग्ने र छातीमा समस्या देखिन थालेको छ ।   तुँवालो लागेको जस्तो देखिएपनि त्यो