जीवनशैली

नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ताका लागि दिउसो बन्द

काठमाडौं । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्डअन्तर्गत चार किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर

नवलपरासीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु, दई जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले

कुलेश्वरमा हुन्डी कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौं । फलफुल पसलको आवरणमा हुन्डी कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । कुलेश्वरमा फलफुल पसल चलाउने नवराज कार्कीलाई प्रहरीले १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनका कामदार सुमन थापा र भारतीय नागरिक सत्य नारायण प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो । त्यहाँबाट ठूलो परिणाममा हुन्डी कारोबार हुने गरेको प्रहरीले जनाएको छ ।दृष्टिन्युज

कांग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर नर्भिक अस्पतालमा उपचार हुदै

काठमाडाैं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मस्तिष्कघात भई थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेको बताइएको छ। पूर्वउद्योगमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएपछि सुरुमा वीर अस्पताल लगिएको थियो। शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। वीरबाट थप उपचारका लागि उनलाई शुक्रबार विहान नर्भिक सारिएको थियो। जोशीको स्वास्थ्य

भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने ५ प्रहरी नगद पुरष्कृत दुईको एक तह बढुवा

काठमाडौं । बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्या घटनाको सफल अनुसन्धान गर्ने प्रहरी पुरस्कृत भएका छन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गर्ने २ जना प्रहरी कर्मचारीहरु एक तह पदोन्नति भएको र अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चि म प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक पदम

काँचो फल र तरकारी खानुको फाइदा

काठमाडौं । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ । १. फल अधिकांश फल काँचो खान सकिन्छ । काँचो फल खाँदा यसमा पाइने भिटामिनको मात्रा पुर्ण रुपले शरीरले पाउँछ । यसमा क्यालोरी कम हुनुका साथै पर्याप्त फाइबर मिल्दछ । साथै पाचन यन्त्र स्वस्थ्य

ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी महिलाको डोकेबजारबाट उद्धार

कन्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट बिहीबार उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका

पेट्रोलियम पदार्थमा मूल्य बढाएको भन्दै जसपाद्वारा ग्यास सिलिन्डर सहित प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले थाल, चम्चा र ग्यास सिलिन्डर प्रदर्शनसहित राजधानीमा बुधबार विरोध जनाएको छ । काठमाडौंको माइतीघर मण्डलमा जसपाले प्रदर्शन गरेको हो । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै जसपाले नाराबाजीसहित थाल, चम्चा र ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको हो । जसपाले मूल्यवृद्धि फिर्ता, संसद् पुनःस्थापन गर, खाद्यान्नलगायत महत्त्वपूर्ण सामानको मूल्यवृद्धिमा नियन्त्रण गर, पहिचानमा आधारित संघीयताको पुनर्संरचना गर, राष्ट्रपति संस्थाको मर्यादा कायम गर, महिला

नेपाल प्रहरीले गर्यो दिल्लीवाट महिला र बालकको सफल उद्धार

काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो । उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय

कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली । कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे१ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । अटो रिक्सामा अन्य व्यक्तिहरु भने सवार नरहेको