जीवनशैली

बौद्धमा बलात्कार पछी छोरिको हत्या प्रयास, बावु पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धमा सबैलाई स्तब्ध बनाउने घटना भएको छ । गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडा बस्ने एक व्यक्तिले छोरीको बलात्कारपछि हत्या प्रयास गरेका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमतीको पहिलेको श्रीमानतर्फको छोरीको उनले बलात्कार गरेका हुन् । बलात्कारपछि पोल खुल्ने डरले उनले हत्या प्रयास गरेका थिए । अचेत अवस्थामा भेटिएकी ती किशोरीलाई अस्पताल लगेपछि बलात्कारको पोल खुलेको थियो । घरमै यस्तो घटना भएको हो

नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन। बुधबार भने ३ जनाको मृत्यु भएको थियो। बुधबारबाट देशभर कोरोना खोप अभियान सुरु गरिएको छ। भारत सरकारको सहयोगमा नेपाललाई १० लाख डोज कोरोना खोप

नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ३० देखी ४० प्रतिशत बढ्ने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको राशनभत्ता करिब ४० प्रतिशतसम्म बढ्ने भएको छ । दुवै निकायमा विगत पाँच वर्षदेखि भत्ता बढ्न सकेको छैन । दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ

आजबाट स्वस्थानी व्रत सुरु, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध नष्ट हुने विश्वास

काठमाडौं । शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान् शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्‍नानको प्रचलन रहेको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव-पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ

नागरिक मार्चमा प्रहरी हस्तक्षेप पत्रकार वाग्लेसहित कैंयौं घाइते

काठमाडौं । कमलपोखरीबाट बालुवाटार गएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपमा पत्रकार तथा अभियन्ता नारायण वाग्लेसहित कैयौँ घाइते भएका छन् । शान्तिपूर्णरुपमा अघि बढेको जुलुसलाई प्रहरीले रोकेको थियो । प्रहरीले शान्तिपूर्णरुपमा अघि बढेको जुलुसमाथि पानीको फोहोरा तथा लाठी प्रहार गरेको थियो । “हामी सरकारलाई दुईवटा कुरा भन्न जानेवाला थियौँ,” प्रहरी हस्तक्षेपका क्रममा घाइते भएका वाग्लेले भने, “शान्तिपूर्णरुपमा गएका थियौँ । हामीमाथि बल प्रयोग गरिएको छ । जुन

इजरायलमा रोजगार खुल्यो पहिलो चरणमा पाँचसय कामदार जान पाउने

काठमाडौं । लामो समयदेखि प्रतिक्षित इजरायलमा रोजगारी खुलेको छ ।बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भएको सम्झौता अनुसार अबको तीनमहिनाभित्र नेपाली कामदारले इजरायलमा रोजगारीका लागि जान पाउने भएका हुन् । उक्त सम्झौता अनुसार केयर गिभर तालिम लिएका, १२ पास भएका, २५ देखि ४५ वर्ष उमेर समुहको हुनुपर्ने छ भने इजरायलमा काम गरेर फर्किएका कामदारले भने यो अवसर लिन पाउने छैनन् । विभागका

मलेशियावाट एकैपटक १७ जना नेपालीको शव नेपाल आयो

काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धन कमाउने सपना र अभिलाषा बोकेर विभिन्न समयमा मलेसिया पुगेका १७ जनाको शव आइपुग्यो । एकैसाथ १७ शवका लस्कर देखिएपछि मृतकका आफन्तमात्र नभएर विमानस्थलकै कर्मचारीसमेत स्तब्ध भए । मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ ।

सुविधा थपिसंगै सशस्त्र प्रहरीमा उत्साह

काठमाडौं । सशस्त्र प्रहरी बलका कर्मचारीका केही सुविधा थप भएका छन् । संगठनको २० औं स्थापना दिवसको अवसरमा कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेका छन् । सशस्त्र प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक वर्षअघि दुई लाखसम्म सहुलियत कर्जा पाउने भएका छन् । अवकाशपछि स्वरोजगारमा आबद्धताका लागि सहयोग पु¥याउने उद्देश्यले प्राविधिक तथा सीपमूलक तालिमका लागि पाँच वर्षभित्र तिर्ने गरी

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले

देशभर कोरोनाविरुद्धको खोप पठाइदै, पहिलो चरणमा ५० हजारलाई लगाउने

काठमाडौं । देशभर पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउन चाहनेको संख्या ५० हजार पुगेको छ । त्यसका लागि विद्युतीय प्रणालीबाट विवरण संकलन भइरहेको स्वास्थ्य मन्त्रालयको सूचना व्यवस्थापन इकाइले जनाएको छ । हिजोसम्म ५० हजारको विवरण संकलन भएको र हरेक घण्टामा तीन हजारभन्दा धेरैको नाम दर्ता भइरहेको सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो । आज साँझसम्ममा पूर्ण विवरण आइसक्ने एकाइको अनुमान छ । विवरण आएसँगै आजैदेखि जिल्ला जिल्लामा खोपको मात्रा