जीवनशैली

जाजरकोटका भूकम्प पीडितले अझै त्रिपाल पाएनन्

जाजरकोट । गत शुक्रबार मध्य राति अचानक भूकम्प आएपछि निन्द्रा खुलेपछि खालीहात घरबाट भागेका जाजरकोट भेरी नगरपालिका–३ थाप्लेका मिलन चदारा अहिलेपनि खुला आकाश मुनि रात बिताउन बाध्य छन् । विभिन्न संंघ संस्था र सरकारले पठाएको राहत सामग्रीस्वरुप त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको उनी बताउछन् । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ

भुकम्पका कारण थप १६ जना घाइते

जाजरकोट । जाजरकोटमा सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते भएका छन् भने जाजरकोटमा ६ जना घाइते भएका छन् ।  अपराह्न ४ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको थियो ।  घाइते हुनेमा आठबिसकोट नगरपालिकाका मात्रै ६ जना रहेका छन् । यस्तै भेरी नगरपालिका–१ रावत गाउँकी एक महिला घरको माथिल्लो तलाबाट हाम फाल्दा घाइते भएकी

जाजरकोट भूकम्प: मृतकमध्ये ७८ जना बालबालिका

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने

भूकम्पबाट २१३ विद्यालयका भवनमा क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्ण रुपमा ध्वस्त भएका

जाजरकोट भूकम्प: १ सय २० शव आफन्तले बुझे,३७ शव बुझाउन बाँकी

जाजरकोट । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।  भूकम्पमा परी  जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना,

जाजरकोट भूकम्प : मृत्यु हुनेका संख्या १५४ पुग्यो, रुकुम पश्चिममा मात्र ६२ जना

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। भुकम्पमा परी गम्भिर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। भूकम्पमा परी रुकुमपश्चिको आठबीसकोट नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको

भारतमा भएको सडक दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्खेतको चौकुने गाउँपालिकाका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरु ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र उनीहरुका भाइबुहारी सुस्मिता नेवार रहेको बताइएको छ । उनीहरू

प्रिन्सिपल सर्राफ हत्या प्रकरणमा एक महिलासहित ६ जना पक्राउ

जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रिन्सिपलको हत्यामा संलग्न रहेको आसंकामा तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने

भारत रेल दुर्घटना: १३ को मृत्यु,५० जनाभन्दा बढी घाइते

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो । रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको

स्कुटर दुर्घटनामा श्रीमतिको मृत्यु,श्रीमान घाइते

मकवानपुर । काठमाडौं कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको । उनकी पत्नी ६२ वर्षीया राज्यश्री