धर्म/संस्कृति

आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।  चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग,

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व, यज्ञ तथा ठुला कार्य

लुम्बिनी सरकारद्धारा राउटेहरुलाई दशैँ खर्च प्रदान

तुलसीपुर । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो । अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै

दसैँ लक्षित गरेर देशभरको सडक मर्मत गर्दै सरकार

काठमाण्डौं : दसैँका लागि उपत्यका छाड्ने र दसैँ मनाएर भित्रने लाखौं सङ्ख्याका यात्रु लक्षित गरेर सरकारले देशभरको सडक मर्मतको काम सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सरकारले युद्ध स्तरमा सडक मर्मत सम्भारको काम सुरु गरेको बताए । ‘देशभर सडक मर्मत सम्भारको काम सुरु भएको छ । भत्किएका र खाल्डाखुल्डी भएका सबै राजमार्ग र निर्माणाधीन अवस्थामा रहेको सडक समेत दसैँ लक्षित मर्मत हुँदै छन्,’ रिजालले रातोपाटीसँग

संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुनेगरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् । मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १

आज हरितालिका तीज

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत

आज विश्वकर्मा पूजा मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै

प्रज्ञालयले मनायो श्रावण १५

नेपालगन्ज : प्रज्ञालयले विविध कार्यक्रम गरी साउन १५ मनाएको छ । सौरमास अनुसार श्रावणको तेस्रो शनिवार नेपालमा खिर खाने, व्रत बस्ने र उपवास बस्ने धार्मिक र साँस्कृतिक प्रचलनअनुसार प्रज्ञालयले बालबालिकाहरूको सकृय सहभागिताम विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै खिर खाएर उत्सब मनाएको हो । उक्त अवसरमा खिर खाने दिनको सुरुवातको गणेश भगवानको किंवदन्तीलाई नाटक बनाएर बालबालिकाले प्रदर्शन गरेका थिए । नेपाली मौलिक परम्परा सिकाउन टपरी र दुना बालबालिकाकै सहभागितामा बनाई खिर खान

उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा

काठमाडौं । बिहीबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।