फोटोकथा

पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर

बाटोमा दुई वटा मुसा खानाका लागि मानिस जस्तै गरी बक्सिङ खेलिरहेको तस्बिर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्। उक्त तस्बिर खिच्न उनले पाँच रात लगाएका थिए। त्यही तस्बिरका कारण रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्। उनको त्यो तस्बिर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।

बदर मत रोक्न गोरखामा नमूना मतदान

१७ कात्तिक, गोरखा । बिहीबार गोरखा क्याम्पस गोरखामा मतदान भइरहेको थियो । मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदान गरिरहेका थिए । मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । अति सम्वेदनशील मानिएको उक्त मतदान स्थलमा बाक्लै मात्रामा म्यादी प्रहरीसहित सुरक्षा टोली खटाइएको थियो । यस्तो दृश्य देखेर कतिपय अचम्ममा परे । तर यो मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर गरिएको नमूना मतदान थियो । आसन्न निर्वाचनमा

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ

इन्डोनेसियाको पटाका कारखानामा विष्फोट, २३ मारिए

९ कात्तिक, जाकार्ता । इन्डोनेसियाको एक पटाका कारखानामा भएको विष्फोटमा परी कम्तिमा २३ जना मारिएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान नौ बजे राजधानी जाकार्ताबाट पश्चिमस्थित तांगेराङको उक्त कारखानामा विष्फोट भएको हो । स्थानीय प्रहरी अधिकारी ह्यारी कुर्नियावानका अनुसार भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी छ । टेलिभिजन फुटेजहरुमा कारखानाबाट बाक्लो धुवाँ निस्किरहेको छ । आगो भने नियन्त्रणमा आएको छ । घाइते र मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

बागदरबार भत्काएर यस्तो बनाइँदैछ महानगरको नयाँ भवन

१४ कात्तिक, काठमाडौं । काठमाडौं माहनगरपालिको पुरतात्विक र एतिहासिक बागदरबार भत्काएर बनाउने नयाँ भवनको प्रस्तावित डिजाइन सार्वजनिक गरेको छ । बागदरबार भत्काउने/नभत्काउनेबारे विवाद भइरहेकै समयमा काठमाडौं महानगरपालिकाले नयाँ भवनको डिजाइन सार्वजनिक गरेको हो । यसमा अहिले भत्काउन लागिएको बागदरबारको बाहिरी डिजाइनलाई पनि समावेश गरिएको छ । भवनको बाहिरी मोहडा तीन वटा मौलिकता झल्कने गरि डिजाइन गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए । तर, भित्री डिजाइनहरु भने आ-आफ्नै मौलिकता झल्कने प्रकारको हुने