फिल्मी समाचार

नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा नायक तथा निर्माता शाही मनोनित

काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका सफल निर्माता तथा वितरक गोविन्द शाही नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा मनोनित भएका छन् । संघका सभापति तीर्थ बहादुर थापाले शाहीलाई संघको परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनित गरेका हुन् । शाहीको मनोनयनसँगै संघको उन्नयन, सम्बर्द्धन, द्रूतस्तर विकासका लागि पारस्पारिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणमा थप मद्दत पुग्ने अपेक्षा सभापति थापाले गरेका छन् । शाहीलाइ मनोनय गरिएको पत्रमा उनले विगतमा संघमा रहेर लोकतान्त्रिक आन्दोलन

कलाकार निशा घिमिरेको मृत्यु

काठमाण्डौ । कलाकार निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको हो। उनको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छोडेपछि उनको मृत्यु भएको हो।

सामाजिक संजालमा सकृय हुँदै महानायक हमाल

काठमाडौं । सामाजिक संजालमा खासै चासो नदिने महानायक राजेश हमाल  पछिल्लो समय सामाजिक संजालमा छाउन थालेका छन । त्यसो त सामाजिक संजालमा अरु स्टारका मिलियन फलोअर्स हुँदा पनि उनले खासै चासो दिदैनथे । दर्शकलाई उनका पर्सनल कुराहरु विरलै थाहा हुने गर्थ्यो । तर जब विवाह गरे तब देखि राजेश समाजिक संजालमा निकै सकृय देखिन्छन । पछिल्लो समय महानायक हमाल फिल्मसंगै सामाजिक संजालमा निकै सकृय छन्। उनका सामाजिक संजालमा डिनर गरेको,

अक्षय कुमार बन्न चाहिन्छन् आलिया

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१३ मा करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट फिल्म उद्योगमा धमाकेदार पाइला चालिन् । यो फिल्मको सफलतापछि उनले एकपछि अर्को ठूलो फिल्ममा अभिनय गरिरहेकी छन् । हालका दिनमा आलिया फिल्मबाहेक रणवीर कपूरसँगको अफेयरका कारण पनि चर्चामा छिन् । आलियाले आफ्नो करियरमा कैयौं ठूला स्टारसँग अभिनय गरिसकिन् । तर सायद कमैलाई मात्र थाहा होला कि आलिया अभिनेता अक्षय कुमारको ठूलो फ्यान हुन् ।

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भाद्र १८ मा प्रदर्शन  हुने

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’ महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी  भाद्र १८ गतेवाट प्रदर्शनमा आउने निर्माता सुुुुुनिल कुमार थापाले जानकारी दिए । सुनिलले आफ्नो फेसबुक मार्फत चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै दर्शकको साथ र सहयोगको अपेक्षा गरे । लकडाउनभन्दा अगाडि ५० प्रतिशत छायांकन सकिएको चलचित्रको छायाँकन

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डको रिक्त सदस्य पदमा नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा रिक्त सदस्य पदमा नियुक्त गरेको छ । संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र कलाकार राज कटुवाललाई नियुक्त गरेको छ । अर्जुनकुमार निर्माता तथा गायक हुन् । उनले चलचित्र ‘चपली हाइट’का तीन सिरिजका साथै ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ निर्माण गरेका छन् । प्रकाश भट्टराई चलचित्र निर्देशक हुन् । उनले चलचित्र ‘भाग्य’ निर्देशन

‘केजीएफ २’ को रिलिज मिति घोषणा जुलाई १६ मा विश्वभर रिलिज हुने

मुम्बई । बलिउड स्टार सञ्जय दत्त र साउथ स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र सन् २०२१ को जुलाई १६ मा रिलिज हुने भएको छ । अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि व्यग्र प्रतीक्षामा छन् । हालै रिलिज भएको टिजर पनि दर्शकले निकै मन पराइरहेका छन् । सञ्जयले उनको

करिश्माको ‘बनवास’ मा सरोज र कविता बावुछोरीको भिमिकामा

काठमाडौं । पछिल्लो समय चलचित्र ‘फागु’ निर्माण गरेकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविता मान्धरलाई लिएर अर्को चलचित्र ‘बनवास’ निर्माण गर्ने भएकी छन् । सामाजिक सञ्जालमा आइतवार थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माण घोषणा गरेकी हुन् । पारिवारिक कथावस्तुलाई समेटेर निर्माण हुने चलचित्रमा सुशिल क्षेत्रीको कथा तथा निर्देशन रहने अभिनेत्री मानन्धरले वताइन । बाबु र छोरीको कथामा आधारित चलचित्रमा छोरीको भूमिकामा कविता मानन्धर र बाबुको भूमिकामा अभिनेता

युट्युबको एक नम्बर ट्रेन्डिङमा दीपेन्द्रको ‘आमा’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो । गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ

लप्पन छप्पन–२ चैत २७ गते रिलिज हुने

काठमाडाैँ । मुकुन्द भट्ट निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति केही हप्ता पर सरेको छ । यसअघि फागुन २७ गते शिवरात्रीका दिन रिलिज गरिने भनिएतापनि प्राविधिक कामहरु नसकिएकोले प्रदर्शन मिति हेरफेर भएको हो । निर्देशक भट्टले दिएको जानकारी अनुसार अब लप्पन छप्पन – २  आगामी चैत २७ गते रिलिज हुने भएको छ । भिएफएक्स, कलरिङ, डबिङ र इडिटिङको काममा ढिलाइ हुँदा प्रदर्शन मिति हेरफेर गर्नु परेको