अष्ट्रेलियाको मेलवर्नबाट मङ्गोलियन हार्टको साङ्गीतिक यात्रा सुरु

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् ।  विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ । उही

'बिहे पास’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं : आगामी नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउन लागेको सिनेमा ‘बिहे पास’को शिर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार शिर्ष गीत सार्वजनिक गरेको हो। गीतमा लोकप्रिय गायक प्रताप दासको आवाज रहेको छ। प्रेमिल अनि मेलोडियस सुनिने गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। निर्माण टिमले लिसिकल भर्सनमा गीत सार्वजनिक गरेको हो। लिरिकल भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठका फुटेजहरु देख्न सकिन्छ। गीतको सम्पादन

वर्षको अन्तिम चलचित्र ‘बहाव’ आजबाट हलहरुमा

काठमाण्डौं : चलचित्र ‘गोपी’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल निर्माता श्रीधर पौडेलद्धारा निर्मित चलचित्र ‘बहाव’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यस वर्षको अन्तिम चलचित्रको रुपमा सोलो रिलिज पाएको ‘बहाव’ लाई मल्टीप्लेक्सहरुले पर्याप्त शो भने दिएका छैनन । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले बुधबार भएको प्रिमियरमा दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । प्रेम, विद्रोह र बदलासंगै स्वतन्त्र हिसाबले बाँच्न चाहने एक महिला पात्रको कथाबस्तुमा आधारित चलचित्रमा

रिलिजको तयारीमा 'तु  सजनी मोर'

नेपालगन्ज।मोफसलमा बसेर निर्देशनमा व्यस्त बनेका निर्देशक नवराज सुवेदी निर्देशित नयाँ म्युजिक भिडियोको छायांकन सप्पन्न भएको छ । बाँके र बर्दियाका बिभिन्न स्थानमा सोमबार छायांकन सम्पन्न भएको ‘तु  सजनी मोर’  बोलको थारु गीत नयाँ वर्षको अवसरमा सेविल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट रिलिजगर्ने तयारी रहेको निर्देशक सुवेदीले बताए । संगित चौधरी र अनु चौधरीको स्वर, कुमार चौधरीको शब्द /संगीत, जुना क्षेत्रीको कोरियोग्राफर रहेको भिडियोमा सोना बज्राचार्य र रमेशखनालको अभिनय रहेको छ । चौधरी समुदायमा हुर्केका युवायुवती बीचको माया प्रेमसंगै चौधरी समुदायको भेषभुषा, रहनसहनलगायतका कुरालाई भिडियोमा समेटिएको छ। भिडियोलाई उत्कृष्ट बनाउन सक्दो मिहेनत गरेका निर्देशक सुवेदीले मोफसलमा बसेर सिमित स्रोत साधनहरुको बाबजुद पनी उत्कृष्टभिडियो बनाउन सफल भएको बताउदै अडियो र भिडियोलाई दर्शक स्रोताले माया गरिदिनेमा ढुक्क रहेका बताए । पर्यटकिय स्थल बर्दियाको डल्ला होम इस्टे ,नेपालगन्ज र गाबर भ्यालिका बिभिन्न आकर्षक स्थानमा  छायांकन गरिएको भिडियोलाई  दिनेश क्षेत्रीले खिचेका हुन् ।

अदालतले लगायो सिनेमा 'प्रसाद २'को प्रदर्शनमा रोक

काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘प्रसाद २’लाई प्रदर्शनमा रोक लगाइएको छ। मंगलबार उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउने आदेश दिएको हो। यस् सिनेमाका निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दालाई नजर गर्दै अदालतले प्रदर्शनमा रोक लगाएको हो। थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा

लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी म्युजिक प्रालिले यस वर्षको ‘बिन्ध्यबासीनी कला पत्रकारिता सम्मान २०७९’ द्धारा सम्मान गर्ने भएको छ । विभिन्न सञ्चार गृहसँग झण्डै तीन दशक लामो समयदेखी आबद्ध रहेर नेपाली गीत संगीत र स्रष्टा प्रवर्द्धन एवं विकासमा अतुलनिय योगदान पुर्याएको भन्दै सञ्चारकर्मी भट्टराईलाई सम्मान प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् । नेपाली गीत संगीत क्षेत्रको विकासका लागि विगत २५ वर्षदेखि क्रियाशील विन्ध्यवासिनी म्युजिक

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं : कलाकार दुर्गेश थापा बेलाबेला विवादमा आइरहने कलाकार हुन्। यतिबेला फेरि एउटा विवादमा तानिएका छन् । दुर्गेशलाई हाल कुटपिटको आरोप लागिरहेको छ। उनी विरुद्ध कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी समेत परेको छ। प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको रिदम क्षेत्रले बताएका छन्। यसबारे भने दुर्गेशले कुनै धारणा राखेका छैनन् । हाल प्रहरीले

'जारी ट्रेलर'मा श्रीमानश्रीमतीबीच उत्पन्न हुने दरार

आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको जारी’ को ट्रेलरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो । शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको

बेनिशा निर्देशित सर्ट सिनेमा 'मिसिङ ब्राइड' सिनेमाघर एपमा सार्वजनिक

काठमाडौं । वर्षा राउत र विवेक सिंह ठकुरी स्टारर सर्ट सिनेमा ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ। यो सर्ट सिनेमालाई अभिनेत्री बेनिशा हमालले निर्देशन गरेकि हुन् । बेनिशाको लागि यो निर्देशकीय ‘डेब्यू’ सर्ट सिनेमा हो। बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो

सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

काठमाडौं : गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि