वैशाख १ मा ‘भगवत गीता’

काठमाडौं । शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्मको सुहाना थापा प्रोडक्सनले आगामी वैशाख १ गतेलाई रिलिज मिति तोकेको छ । ‘भगवत गीता’ फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । सुनीलकुमार थापाले निर्माण गर्ने फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको निर्देशक थापाले वताइन । फिल्ममा अन्तरजातीय प्रेमकथालाई देखाइने समेत निर्देशक थापाले वताइन ।

निर्देशक सुबेदीको नयां भिडियो आउदै

नेपालगंज । पछिल्लो समय नेपालीसंगै थारु रोमान्टिक गीत छायांकनका लागि सबैभन्दा आकर्षक थलो बांकेको गाभर होमस्टे बनेको छ । नेपालगंजबाट २२ किलोमिटर टाढा पक्की र ग्राभल सडकको यात्रा संगै सामान्य खर्च गरेर पुगिने होमस्टेमा धेरै गीत खिचिएको छ । गाभर होमस्टेमा गीत खिच्नेको मात्र संख्या बढेको छैन, आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्य पनि बनेको छ । आकर्षक गन्तव्य गाभर होमस्टेमा  मोफसलमा बसेर अब्बल भिडियो निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदिले

जुम्लामा ‘प्रकाश’को प्रिमियर हुँदै

जुम्ला । नेपाली भाषाको उदगम थलो जुम्ला सिजामा नेपाली फिल्म ‘प्रकाश’को प्रिमियर हुने भएको छ । भदौ १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’को भदौ ५ गते जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो । जुम्ला गाँउको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा प्रोजेक्टरमार्फत् फिल्मको प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले जानकारी दिए । आइतवार हुने प्रिमियरमा सहभागी हुन फिल्मका लेखक विकास सुवेदी सहितको टिम जुम्ला जानेछ । स्थानीय राजनीतिक दलका प्रतिनिधि,

माघ २० मा हिँड्दा हिँड्दै’ प्रदर्शन हुने

काठमाण्डौ । मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।आगामी माघ २० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाह रोमान्टिक अवतारमा प्रस्तुत छन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले पनि अभिनय गरेका छन्

दोस्रो एल्बमको तयारीमा रेडियो प्रेमी वान गिरी

काठमाण्डौं । रेडियोप्रेमी वान श्याम गिरीले दोस्रो गीत ‘मुटुमा तिमी त्यो आंखामा म पनी’ बजारमा ल्याउने तयारी गरेका छन । पहिलो गीतबाट सोचेजस्तो दर्शकको माया पाउन नसकेेका उनले दोस्रो गीतको तयारी गरेका हुन । बांकेमा एफ.एम. रेडियोको स्थापनासँगै रेडियोसंग साइनो गासेका नेपालगंजका श्याम गिरी यतिबेला गित लेखनसंगै टिकटकमा समेत जोडिएका छन । रेडियोबाट प्रसारण हुने विभिन्न कार्यक्रममा नियमित जोडिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल उनलाई विगत लामो समयदेखी सबै स्रोता

तीन वर्षपछी भाइको फिल्मबाट कमब्याक गर्दै सोनाक्षी

एजेन्सी। बलिउड अभिनेत्री सोनाक्षी सिंहाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् ।   ‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी

'ए मेरो हजुर ४’को प्रिमियर, अनमोल र सुहानाको तारिफ

काठमाडाैँ । आजदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । बुधबार सिटी सेन्टरको बिग मुभिजमा फिल्मको प्रिमियर भव्यताका साथ सम्पन्न भएको हो । प्रिमियरमा यस फिल्मले भरपुर प्रशंसा समेत बटुलेको छ । फिल्म लगायत दिग्गज कलाकारहरूको उपस्थितिमा सम्पन्न भएको प्रिमियरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको अभिनयको तारिफ समेत भएको थियो । यसभन्दा अघि नायक अनमोल केसीको अभिनयमा धेरैले खोट लगाइरहेका

'ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ सार्वजनिक

काठमाडाैँ । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । गीतमा अनमोल, सुहाना र सलोन बस्नेतको अभिनय हेर्न पाइन्छ । गीतमा चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन रहेको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई नायिका  झरना थापाले

'ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकामा हुने

काठमाडौं । नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यले सन् २०२१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । कोरोनाका कारण सन् २०२० र २०२१ मा भने अवार्ड हुन सकेको थिएन । ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी

बयानका लागी नायक पल शाहलाई गैंडाकोट ल्याइयो

नवलपरासी । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको दुई सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ । बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा