'ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकामा हुने

काठमाडौं । नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यले सन् २०२१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । कोरोनाका कारण सन् २०२० र २०२१ मा भने अवार्ड हुन सकेको थिएन । ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी

बयानका लागी नायक पल शाहलाई गैंडाकोट ल्याइयो

नवलपरासी । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको दुई सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ । बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा

नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा नायक तथा निर्माता शाही मनोनित

काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका सफल निर्माता तथा वितरक गोविन्द शाही नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा मनोनित भएका छन् । संघका सभापति तीर्थ बहादुर थापाले शाहीलाई संघको परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनित गरेका हुन् । शाहीको मनोनयनसँगै संघको उन्नयन, सम्बर्द्धन, द्रूतस्तर विकासका लागि पारस्पारिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणमा थप मद्दत पुग्ने अपेक्षा सभापति थापाले गरेका छन् । शाहीलाइ मनोनय गरिएको पत्रमा उनले विगतमा संघमा रहेर लोकतान्त्रिक आन्दोलन

वरिष्ठ लोकगायक लामाको निधन

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले गाएका र संगीत गरेका धेरै लोक गीतहरु नेपाली नेपालीमाझ लोकप्रीय छन् । लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीत लोकप्रीय छन् ।

नवराजको 'सितरी यी मौसम' मा कृष्ण र मौसमीको जोडी

नेपालगंज। मोफसलमा बसेर नेपाली सांगीतिक क्षेत्रमा एक अब्बल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक हुन नवराज सुवेदी । मोफसलमा रहेर हिट गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुवेदीले फेरी अर्को नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका छन । शुक्रबार एक कार्यक्रमका विच कलाकार सहित भिडियो सार्वजनिक गरेका निर्देशक सुवेदिले यो गीतले आफुलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने बताए । बाँकेको पर्यटकिय स्थल ढकेरीमा छायांकन गरिएको

निर्देशक सुवेदीको नयाँ भिडियो आउदै

नेपालगंज । मोफसलमा रहेर चार दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका चर्चित निर्देशक नवराज सुवेदीले फेरी अर्को नयाँ भिडियोको छायांकन सकेका छन । चुनरी चुनरी उरगील बा तोहार हावासे…. बोलको थारु गीतको म्युजिक भिडियोको छायांकनको क्रममा बाँकेको पर्यटकिय स्थल गाभरमा भेटिएका निर्देशक सुवेदी निकै थकित अनी खुसि देखिन्थे । हाल छायांकन भैरहेको भिडियो आफ्नो ५५ औ म्युजिक भिडियो भएको वताउदै एक सातामै तिहारको गीतमा अर्को भिडियो छायांकन गर्ने तयारीमा रहेको

कमेडी च्याम्पियनका विजेता भरतमणीलाई पुर्व मन्त्री योगेशद्धारा एक लाख सहयोग

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गर्नुभएको छ । कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो । आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको

करिनाले १२ करोड मागेपछि चलचित्र ‘द इन्कारनेसन–सीता’ मा कंगना फाइनल

मुम्बई । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको चलचित्र ‘द इन्कारनेसन–सीता’ निर्माण अगावै चर्चामा आएको चलचित्र हो । यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उनले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माताहरू अर्को अभिनेत्रीको खोजीमा लागेको खबर आएको थियो ।  अन्ततः निर्माता टिमले सीताको भूमिकामा अभिनेत्री फाइनल गरेको छ । नवभारत टाइम्सका अनुसार यो भूमिकाका लागि अभिनेत्री कंगना रनौत ‘कन्फर्म’ गरिएको छ

जनतालाई मान्य नहुने एमसीसी लागु गर्नु हुँदैन : राजेश हमाल

काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्ने/नगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । महानायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको चर्को विरोध भइरहेको समयमा महानायक हमालले पनि एमसीसी लागू गर्न नहुने बताएका छन् । फेसबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली

कलाकार निशा घिमिरेको मृत्यु

काठमाण्डौ । कलाकार निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको हो। उनको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छोडेपछि उनको मृत्यु भएको हो।