‘माझी बनेर आयौ’ : एउटा सुन्न लायक गीत
काठमाडौं : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई नियाल्ने हो भने अधिकांश हेर्ने गीतहरू रिलिज हुनेगरेका छन्। खासमा त गीत भनेको सुन्ने हो। सुनेर आनन्द लिने हो, सुनेर मन शान्त पार्ने हो। अझै भनौं गीत भनेको सुनेर नै अनुभुति गर्ने हो। तर पछिल्लो समय गीतहरुमा यस्तो पाइँदैन। पछिल्लो समय त झन् म्युजिकल गीतहरु बन्ने लहड बढ्दो छ। गीतसँगै एउटा कथा घुसाएर म्युजिक भिडियो तयार पारिन्छ। जसले गर्दा दर्शक स्रोतहरु गीतको भाव