फ्राइडे रिलिज : 'दुई कदम' र 'जम्प' हलमा

काठमाडौं : आज शुक्रबारबाट दुई नेपाली सिनेमाहरु एकसाथ प्रदर्शनमा आएका छन्। उदय सुब्ब निर्देशित ‘दुई कदम’ र आशुतोषध्वज कार्की निर्देशित ‘जम्प’ देशभर प्रदर्शनमा आएका हुन्। ‘दुई कदम’मा तारादेवी लिम्बूको लगानी छ। दयाराम घिमिरेले सिनेमाको कथा र पटकथा लेखेका हुन्। बिक्रम बिसीले खिचेको सिनेमालाई प्रवीण दाहालले सम्पादन गरेका छन्। सिनेमामा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। यता ‘जम्प’भने

बलिउड फिल्म ‘सालार’ मा मेनुकालाई पार्श्व गायनको अवसर

भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो उत्कृष्ट प्रस्तुतीले चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले भारतको ठूलो फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छिन्। आइतबार राति सोनी टेलिभिजनमा प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्। भारतीय फिल्म ‘सलार’ मा पार्श्व गायनको अवसर पाएपछि मेनुकाले भनेकी छन्‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो।  जहाँ म पहिलो प्लेब्याक गायनका

दीपेन्द्रले ‘दुःखी’ आत्मा’ को निर्देशन गर्ने

काठमाण्डौं : चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । निर्देशक लामाले निर्माता हिमाल कडरियासँगको सहकार्यमा नयां चलचित्र ‘दुःखी आत्मा’ बनाउने घोषणा गरेका हुन् । यो चलचित्रमा नायक दयाहाङ राइले काम गर्ने पक्का भएको छ भने कलाकार र प्राविधिकहरुको चयन चाडै गरिने निर्माणपक्षले बताएको छ । क्लब क्रियसन्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले समाज भित्र विभिन्न परिवेशमा बाँचिरहेका मानिसहरुको कथालाई कमेडी नजरबाट देखाउने निर्माण

'सतीदेवी'ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। शुक्रबार सिनेमाले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको हो। एउटा सामाजिक कथामा आधारित सिनेमामा अभिनेत्री मलिका महत मुख्य भुमिकामा रहेकी छिन्। निर्माण टिमले केही हप्ता अघि फर्स्टलुक पोस्टर रिलिज गरेको थियो। फर्स्टलुक पोस्टरले राम्रै चर्चा पायो। अब भने दर्शक पूरा सिनेमा हेर्नलाई कुरेर बसेका छन्। दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको

सिनेमा 'दुई कदम'को ट्रेलर रिलिज

काठमाडौं : उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीको वान सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो। २ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा सिनेमाका अधिकांश कलाकारहरुलाई देखाइएको छ। तथापि सिनेमाका नायक इओन लिम्बूलाई चाहिँ बढी नै स्थान दिइएको महशुस हुन्छ। इओन र सिनेमाकी नायिका सिमोन गिरी ट्रेलरमा हाबी छन्। इओनकी प्रेमिकाको रुपमा सिमोनलाई ट्रेलरमा देख्न सकिन्छ। अन्जान हुँदै सुरुभएको इओन र

दुई दिनमै ‘एनिमल’ले कमायो २३६ करोड

काठमाण्डौं: शुक्रबारबाट रिलिज भएको बलिउड फिल्म ‘एनिमल’ले दुई दिनको अवधिमा २३६ करोड भारतीय रुपैयाँ कमाएको छ ।उक्त चलचित्रले विश्वभरबाट शुक्रबार र शनिबारको अवधिमा २३६ करोड कमाएको हो । सन्दिप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपुर, रश्मीका मन्दाना, बबी देवल ,अनिल कपुर , सन्दिप रेड्डी, शक्तृती कपुर तृप्ती डिमरी र परिणिती चोपडा लगायत चर्चित कलाकारको अभिनय रहेको छ । रिलिज भएको पहिलो दिन शुक्रबार ११६ करोड कमाएको ‘एनिमल’ले दोस्रो दिन

'गैर आवासीय नेपाली तारा २०२३' : पहिलो अडिसनबाट ४१ जना छनोट

दर्शन सुनार, दोहा :  यतिबेला कतारमा ‘गैर आवासीय नेपाली तारा’को चौथो संस्करण संचालन भइरहेको छ। राष्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ आयोजना गरिएको यस् कार्यक्रमको पहिलो अडिसन सम्पन्न गरिएको छ। पहिलो असिसनमा गायन विधाका ४७ र नृत्य विधाका २१ जना सहभागी थिए। जसमध्ये, गायनमा २७ र नृत्य विधामा १४ जना गरि कुल ४१ जना दोस्रो चरणको अडिसनका लागि छनोट भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ)

देश तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूलाई सकाएर बन्छ :मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् । आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका राजनीतिक दलहरुलाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् । र्यापरसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत  सहित पुगे जाजरकोट

दिपेशजंग शाह, जाजरकोट : चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी राहत सामाग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन ।  दुबईबाट गत बिहीबार नेपाल आएका उनीहरू भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न करिब २० लाखको राहत सामग्री सहित आज मंगलबार जाजरकोटको कुसे गाउंपालिकाको कार्यालय आइपुगेको गाउँपालिकाका प्रशासकिय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।  उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका करिब १ सय ६५ घरधुरीलाई

'गैर आवासिय नेपाली तारा २०२३' को डिजिटल अडिसनको लागि थपियो समय

दर्शन सुनार, कतार : गायन तथा नृत्य प्रतियोगिताको कार्यक्रम ‘गैर आवासीय नेपाली तारा २०२३’को डिजिटल अडिसनको लागि मिति थपिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन गईरहेको ‘गैर आवासीय नेपाली तारा’को चौथो संस्करणको  डिजिटल अडिसनको लागि चार दिन थप समय थपिएको आयोजक टिमले जनाएको छ। ‘नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेका प्रतिभाको खोजी गरौँ’ भन्ने मुल नाराका साथ राष्ट्रिय