शिक्षकको माग सम्बोधन गर्न ढिला नगरौँ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई दुई सुझाव दिएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै शिक्षकहरुका माग जतिचाँडो सम्बोधन गर्नुपर्ने बताएका हुन् । नयाँ शैक्षिकसत्र नजिक आइसकेकाले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनुपर्ने उनको सुझाव छ । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।