संसद् विघटनबारे कुन कलाकारले के भने ? माग्नेबुढा भन्छन् – संसद विघटन घुर्की मात्र हो कि ?
काठमाडौं । सरकारले संसद विघटन गरेपछि विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमार्फत आआफ्नो धारणा राखेका छन् । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसआनुसार संसद विघटन गरेकी हुन् । संसद् विघटनलाई लिएर चर्चित हास्यकलाकार मनोज गजुरेलले व्यङग्यत्मक रुपमा २० बर्षअघि चट्याङ मास्टरले लेखेको गीतको भिडियो फेरि सार्वजनिक गर्दै विकसित राजनीतिक घटनाक्रमकाे विराेध जनाएका छन् । उक्त