‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो’- प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आज (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट राजीनामाको दबाब आएको, नेकपा फुट्न लागेको लगायतका कुराहरु बाहिर आइरहेका बेला प्रम ओलीले यी कुरामा सत्यता नभएकाे दाबी गरे । के अहिले मैले