नेकपामा अब सामाजिक सञ्जालमा नेता कार्यकर्तालाई गालीगलौज गर्न रोक लगाइने
काठमाडौं । सत्तारुढ नेकपामा यतिबेला विभिन्न गुट उपगुट छन् । घरघरमै गुटउपगुटको बैठक बस्ने गरेको छ । एउटा पक्षले अर्को पक्षलाई तथाना गालीगलौज गरिरहेको छ । कतिसम्म अलिअलि बचेको राजनीतिक साख पनि सामाजिक सञ्जालमा लेखेर हुर्मत लिन थालिएको छ । यस्तो प्रवृत्ति बढ्दै गएपछि नेकपाले त्यसलाई नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ । पार्टीले सामाजिक सञ्जालका साथै मिडियामा पनि कुनै नेतालाई गालीगलौज गर्न नपाइने नीति अघि सारेको छ