राजनीति

प्रधानमन्त्रीले भने अब कार्यशैली बदल्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो कार्यशैली बदल्ने बताएका छन् ।  आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बाहिरका कार्यक्रममा नभइ नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताए । सरकारले एक वर्षमा हासिल गरेको उपलब्धीको विवरण सुनाउँदै प्रचण्डले यो अवधिमा धेरै काम भएपनि आफू पूर्ण सन्तुष्ट नरहेको बताए । उनले भने— ‘म स्वीकार गर्छु सरकार असफल त भए तर मेरो हुटहुटी अनुसारको परिणाम पनि

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिदै

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।  उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।  जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ

एमाले सांसद लक्ष्मी महतोले पाए सफाई

जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीलाई सफाइ दिएको हो । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

आज रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा अपराह्न ४ बजे बस्न लागेको हो । संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

क्षमतावान मान्छेहरु बोकेर हिडेको छु, देश बनाएरै छोड्छु :  रबि लामिछाने

दर्शन सुनार, कतार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यति बेला देश बनाउने दौडानमा हिडेका छन्। बिदेश भ्रमणका क्रममा रहेका लामिछाने बिहीवार कतार आईपुगे। शुक्रबार दोहाको ओसिसबीच क्लबमा  प्रवास नेपाली सम्पर्क विभाग कतारले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई  लामिछानेले सम्बोधन गरे। चौतिस बर्षसम्म पुराना दलले आफ्ना मान्छे बोक्ने र ठेक्का पट्टा सार्ने मात्रै काम गरेकोले देश आज बर्बादी र दलदलमा फसेको सम्बोधनका क्रममा लामिछानेले बताए । लामिछानेले अन्य

सहसचिवमा १५ जना उपसचिव बढुवा सिफारिस

काठमाडौं । सरकारले १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।  सामान्य प्रशासन मन्त्रालय अन्र्तगत बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी, केशवराज ढकाल,विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८)बाट सहभागी भएर  फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै सो कुरा बताएका हुन् । सञ्चारकर्मीले  मन्त्रिपरिषद् हेरफेरका विषयमा राखेको जिज्ञासामा उनले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताए ।  उनले भने-  ‘यो सरकार  गठन भएको बेलादेखि नै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । को मन्त्री हट्छ को आउँछ, गृहमन्त्री हट्ने रे भन्ने  चर्चा  धेरै

भुटानी शरणार्थी प्रकरण:आइतबार ७ जना धरौटीमा रिहा हुँदै

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष् बुढाथोकीसँग ३० लाख धरौटी माग गरिएको छ । त्यस्तै गरी, टेकनाथ रिजालसँग १५ लाख, रामशरण केसीसँग १५ लाख र नरेन्द्र केसी १० लाख र

२०८४ अघि नै मध्यावधि निर्वाचन हुन सक्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८४ अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको