स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन सुरु भएको हो । आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनयन दर्ताको समय तोकिएको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन थालेका छन् । ठूला दलहरुले भने उम्मेदवार टुंग्याउनै बाँकी रहेको छ । काठमाडौं महानगरमा दुई