स्वास्थ्यमन्त्री बस्नेत सहितको टोली नयाँ दिल्ली प्रस्थान
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एशिया क्षेत्र (सेरो)को पूर्ण बैठकमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सहितको टोली भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको छ। बैठकमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत, मन्त्रालयका सचिव डा रोशन पोखरेल, मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, डा दिपेन्द्ररमण सिंहलगायत रहेको नेपाली टोली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ। भारतको नयाँ