संवैधानिक इजलासबाट दुई न्यायाधीश कार्की र भट्टराई बाहिरिए
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासबाट दुई न्यायाधीश बाहिरिएका छन् । न्यायाधीश द्धय दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले इजलासबाट अलग भएको घोषणा गरेका छन् । कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भन्दै मंगलबारको संवैधानिक इजलासमार्फत अलग भएको घोषणा गरेका हुन् । दुई न्यायाधीशले अलग हुने घोषणा गरेतापनि प्रश्न गठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने संवैधानिक इजलासबाट