विशेष समाचार

सेटिङमा लाइसेन्स वितरण गरेको आरोपमा बांकेबाट ४ जना अख्तियारको फन्दामा

नेपालगञ्ज : यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा करोडौं रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण हुने गरेको रहस्य खुलेको छ । उक्त कार्यमा संलग्न आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४ जनालाई नियन्त्रणमा लिएको छ । नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको आधारमा त्यहाँ टोली खटाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको कार्यालय, टंगाल र बुटवल साथै

झापा, बांके,रुपन्देही लगायत १ दर्जन वढी जिल्लाका एसपी फेरिदै

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १ बर्ष अवधी पुगेका प्रहरी उपरीक्षक (एसपी) सरुवाको तयारी गरेको छ । जिल्ला प्रहरी प्रमुखका रूपमा १ वर्ष कार्यअवधि पूरा गरेका एक दर्जनभन्दा बढी एसपीको केही दिन भित्रमा सरुवा हुन लागेको हो ।   बाँकेका तुलबहादुर कार्की, सुर्खेतका रुपेश खड्का, रुपन्देहीका रन्जितसिंह राठौर, पाल्पाका नरेन्द्रबहादुर चन्द, गोरखाका वासुदेव पाठक, गुल्मीका राजन भुजेल, स्याङ्जाका शालिग्राम शर्मा, काभ्रेकी वसुन्धरा खड्का र झापाका मिलन केसीको एक बर्ष पुगिसकेको कारण सरुवा

जेठ चौथो साता दक्षिण एशियामै नेपालमा पहिलोपटक रनिङ कन्फ्रेन्स

काठमाडौं : आगामी जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ ।  विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा जेठ २३ गते शुक्रवार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना हुनलागेको हो ।  नेपालमा एशियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने केही सिक्ने र केही सिकाउने मन्चका रुपमा यो कन्फ्रेन्स थालनी गर्न लागेका छौं ।’ नेपालका लागि एम्स

पत्रकार सुरेश हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं : शुक्रबार राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले आज शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो । शुक्रबार आगलागीमा पर्नुअघि सुरेश ज्यानको प्रवाह नगरी काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबीच भएको झडपको भिडियो खिचेर आम जनतालाई सुचना सम्प्रेषण गरिरहेका थिए । सुरेश पसेको भवनमा आगो दन्कियो । त्यसपछि अश्रुग्यास प्रहार भयो

शुक्रबारको घटनामा दुई जनाको मृत्यु, प्रहरीसहित ११० घाइते

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवारको घटनामा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरण सार्वजनिक गरेको छ ।  तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा जम्मा एक सय १० जना घाइते भएका छन् ।

तीनकुनेमा प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

काठमाडौं : काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शनमा झडप भएको छ । राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था सिर्जना भएको हो ।  सो क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।

अबैध रुपमा चलिरहेको चुनढुङ्गा खानीको उत्खनन कार्य रोकियो 

काठमाण्डौं : खारास्थित चुनढुङ्गा खानी अबैध सञ्चालन रहेको भन्दै आन्दोलन गरिएपछि  तत्कालका लागि उत्खनन कार्य रोकिएको छ ।  सम्राट सिमेन्ट प्रालिले अपनाउनु पर्ने मापदण्ड र सहमती लत्याएर खानी अवैध रूपमा संचालन गरेपछि ६ वर्षदेखि स्थानीयले आन्दोलन गरिरहेका थिए ।    रुण्टीगढी गाउँपालिका–६ मुरुले लेक ऐतिहासिक, धार्मिक, जैविक तथा पर्यटकीय महत्वको क्षेत्र भए पनि शुभम् खनिज उद्योगले उक्त क्षेत्रमा चुनढुंगा उत्खननको अनुमति लिएको थियो । कम्पनीले मन्दिर नजिकैको तिम्ला गैराबाट उत्खननको अनुमति लिए

जनकमाण्डरको जिम्मेवारी प्रसाईलाई,धवलशमशेरको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन

काठमाडौं : नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन् । प्रसाईंको नेतृत्वमा भोलि शुक्रबार राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरिएको हो । प्रसाईं नेतृत्वमा भोलि हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुबेदीले बताए । पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार

हेटौँडामा देवरले गरे भाउजूको हत्या, दाजु गम्भीर घाइते

हेटौँडा : मकवानपुरको हेटौँडा चौकीटोलमा देवरले भाउजूको हत्या गरेका छन् । राहुल भन्ने रमेश दासले बुधवार वेलुकी ९ बजे जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए । खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइएको थियो ।

गोठवाट सल्केको आगोले तीनवटा घर जलेर नष्ट, १५ लाख बढीको क्षती

जनकपुर : सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । स्थानीय सोम प्रसाद आचार्यले गाई गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाई गोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए । आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा