विशेष समाचार

प्रहरीमा डिएसपीको बढुवा हुँदै

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ४४ डिएसपी पदमा बढुवा सिफारिस हुने भएको छ । बढुवाका लागि गृह मन्त्रालयमा बैठक बसिरहेको छ । ४४ पदमा २०७० सालमा भर्ना भएका एक सय ४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । बढुवामा टकरावका कारण लम्बिदै आएको छ ।प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आज (सोमबार) इन्टरपोलको कार्यक्रममा सहभागी हुन सिंगापुर जाने भएकाले बढुवाको निर्णय हुन लागेको हो ।

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए । प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने

गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका

चार दिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भारतको चार दिने भ्रमण सकेर शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।  भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति

एमालेमा सबै नेताको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्षबाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो । शुक्रबार बसेको केन्द्रिय समिति बैठकले नेताहरुको हेरफेर गर्ने निर्णय गर्दै जिम्मेवारी तोकेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजकको जिम्मा दिइएको छ । बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका

आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने मोदीको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् । अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।

बागमती र विष्णुमती किनारका सुकुम्बासी हटाउने सरकारको योजना

काठमाडौं । सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । काठमाडौं महानगरपालिकाले खाली गर्न दबाब दिँदै आएको अवस्थामा संघीय सरकारले बजेटमै त्यसलाई समेटेको हो । त्यस्तै सरकारले १० वटा पुरातात्विक महलहरुको पुनर्निर्माण सम्पन्न गर्ने भएको छ। ती पूर्वाधार सरकारी भवन मापदण्डको आधारमा बन्ने भएका

ढुङ्गा–गिट्टी उत्खनन् र निर्यात गर्न पाइने

काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय संसदमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै ढुङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरे । ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने

आगामी आर्थिक वर्षमा ६०० झोलुङ्गे पुल निर्माण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६०० वटा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । मन्त्री महतले ६०० वटा झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने

काठमाडौं । अब विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने बताए । यस्तै अर्थमन्त्री महतले छात्राहरुलाई निःशुल्क सेनीटरी प्याड दिने व्यवस्थालाई निरन्तरता दिने पनि बताए ।