विशेष समाचार

'नेपालगन्ज जेसिज सप्ताह २०२३' : शुक्रबार गरियो लागु औषध सचेतता कार्यक्रम

नेपालगन्ज : गत वैशाख १ गतेबाट सुरु भएको ‘जेसिज सप्ताह २०२३’ अन्तर्गत शुक्रबार नेपालगन्जमा लागु औषध प्रयोग रोकथाम न्यूनीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जेसिजले आयोजना गरेको साप्ताहिक कार्यक्रम अन्तर्गत चौथों दिन लागुऔषध सचेतना कार्यक्रमका सभापति नेपालगञ्ज जेसिज बर्ष २०२३ का अध्यक्ष जेसी रोशन केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र लागु औषध निःशुल्क परामर्श केन्द्रका अध्यक्ष दिपेन्द्र

ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१०, चौबिसकोठीमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका भरतपुर महानगरपालिका–९ बस्ने ६८ वर्षीय महेन्द्रप्रसाद पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  हाकिमचोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा २ क ८३४९ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई आज बिहान साढे ९ बजे ठक्कर दिएको हो ।

सहिद पदम लिम्बुको शनिबार अन्त्येष्टि गरिँदै

काठमाडौं । ‘कोशी प्रदेश’ नामाकरण विरुद्धको आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको विरोध प्रर्दशनका क्रममा प्रहरीसँगको झडपमा घाइते भएका लाजेहाङको १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । एक महिनादेखि मर्चरीमै राखिएको उनको शव झण्डै एक महिनापछि भोलि शनिबार बेलबारीमा अन्त्येष्टि गर्न लागिएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष

न्युरोडबाट पाँच किलो सुनसहित दुईजना पक्राउ

नेपालगञ्ज ।बाँके प्रहरीले झण्डै ५ किलो सुनसहित २ जनालाई नेपालगञ्जको न्युरोडबाट पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । नेपालगञ्जको न्यूरोड क्षेत्रबाट पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । उनीहरुलाई प्रहरीले ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले तयारी गरगहना बनाएर ल्याएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणको लाइसेन्स खारेजी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो । किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा माग गरेको देखिएको, यस अदालतमा सो विषयको रिट विचाराधीन अवस्थामा रही अन्तरिम आदेशको छलफलको लागि मितिसमेत तोकिएको छ’ आदेशमा भनिएको छ, ‘दूरसञ्चार प्राधिकरणले निवेदकले प्राप्त

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले कांग्रेसबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएका छन्

प्रहरीका १३ एसएसपीहरु डीआईजीमा बढुवा नियुक्त

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा नियुक्ति भएका छन् ।बुधबार गृह मन्त्रालयले बढुवा समितिको सिफारिस अनुसार १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका

आज आमाको मुख हेर्ने दिन

काठमाण्डौं । आज मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ। आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा

वसुन्धराश्री पुरस्कार सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने

काठमाडौं । वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट

बिरामी परेका राष्ट्रपति पौडेललाई उपचारको लागि भारत लगियो

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ । उनलाई अहिले केहीबेर अघि श्री एयरलाइन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । भारत लगिएका उनको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने बताइएको छ । फोक्सोमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यसअघि चैत १८ गते अस्पताल भर्ना