विशेष समाचार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।  मंगलबार अचानक बेहोस भएर शिक्षण अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो । राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भएको शीतलनिावास स्रोतले जानकारी दियो ।छातीमा संक्रमण देखिएपछि अघिल्लो साता तीन दिन त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर फर्किएका थिए । त्रिवि शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज

डिआइजी बढुवाविरुद्ध दुई एसएसपीले दिए उजुरी

काठमाडौं । नेपाल प्रहरीको डिआइजी बढुवा विवादमा परेको छ । बढुवामा अन्याय भएको भन्दै दुई एसएसपीले उजुरी सुन्ने समितिमा उजुरी दिएका छन् । चक्रबहादुर सिंह र अनुराग द्वीवेदीले उजुरी दिएका हुन् । मंगलबारसम्म उजुरी दिने समय थियो । उजुरी उपर बुधबारभित्र टुंगो नलागे सिफारिस भएका विकासराज खनालले बिहीबारदेखि अवकाश पाउनेछन् । जसकारण उजुरीको बुधबार नै किनारा लगाउन आइजिपी बसन्तबहादुर कुँवर मंगलबार दिनभर गृह मन्त्रालयमा छलफलमा सक्रिय थिए । बढुवा समितिले कुबेर

जग्गा कित्ताकाट खुल्यो

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाएको छ । यसअघि रोक्का रहेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् । भू-उपयोग  सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ, यो निर्णयबाट अंशबण्डा लगायतका जग्गा कित्ताकाटमा सहजीकरण हुनेछ’ मन्त्री शर्माले भनिन्, ‘यो नियमावली कार्यान्वयन भएपछि मन्त्रालयले गरेको निर्णय खारेज हुनेछन् ।’

लुम्बिनीस्थित एनआईसी एसिया बैंकमा तालाबन्दी

भैरहवा । भैरहवा, लुम्विनी क्षेत्रका व्यवसायीहरुले लुम्बिनीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेका छन्  लुम्बिनीस्थित आकाश इन्टरनेशनल होटलल एनआईसी एसिया बैंकबाट सुरुमा २ करोड ५० लाख ऋण लिएको थियो । कोभिडका कारण होटल बन्द भएपछि बैंक आफैँले लोन (ऋण)माथि ऋण थपेर ४ करोड ५० लाख पु¥यायो । गत वर्षको असार मसान्तसम्म होटलले बैंकको ब्याज ‘क्लियर’ गरेको छ । असारपछि होटललाई ३८ लाख बुझाउन बैंकले ताकेता गर्यो । होटलले १०

मेयर बालेन शाहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै कठामाडों महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड

सुडान द्वन्द्वमा दुई सय जनाको मृत्यु, २ हजार बढी घाइते

खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब २ सय जनाले ज्यान गुमाएका छन् भने २ हजार बढी घाइते भएका छन् । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने

मेयर शाहविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई हुँदैछ । सिंहदरबार, राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । फोहोर उठाउने आदेश माग गर्दै अधिवक्ता श्रेष्ठले दिएको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो । फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ । केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै काठमाडौंका

नेपाल एयरलाइन्सले ३ जहाज खरिद गर्दै

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ। निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला लागेको १२ करोड ऋण सरकारले तिरिदिने

काठमाडौँ- चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला लागेको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। रंगशाला बनाउँदा १८ करोड ऋण लागेको भन्दे फाउन्डेसनले काम छोडेपछि सरकारले १२ करोड दिएर स्वामित्व ग्रहण गर्ने भएको हो। सरकारले रंगशाला बनाउँदा लागेको वास्तविक ऋण यकिन गर्न समिति गठन गरेको थियो। समितिले १२ करोड ऋण वास्तविक भएको सरकारलाई प्रतिवेदन बुझाएको थियो। राष्ट्रिय खेलकुद परिषदले फाउन्डेसनलाई २ करोड ऋण तिरेपछि स्वामित्व ग्रहण गर्नेछ। २०७८ सालको साउनको २३ गतेदेखि रंगशाला

सकियो सिनेमा 'जय हो'को छायांकन

काठमाडौं : शोभित बस्नेतको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा ‘जय हो’को छायांकन सकिएको छ।पोखरा र मुस्ताङका विभिन्न स्थानमा गरि सिनेमाको छायांकन ३० दिनमा सकिएको हो। मुस्ताङको मुक्तिनाथमा अन्तिम सट लिँदै निर्माण टिमले छायांकन सकिएको जानकारी दिएको हो। सिनेमाको छायांकन पोखराबाट सुरु भएको थियो। पोखरामा १० प्रतिशत र मुस्ताङमा ९० प्रतिशत यो सिनेमाको छायांकन गरिएको बताइएको छ। टेक पौरखी राईको निर्देशन रहेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी,