पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट निर्वाचित
काठमाडौं । ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन् । गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मतमात्रै ल्याए । उनीहरूबीच १६९ मतान्तर रहेको छ । नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको