हिमपहिरोमा परेर सिक्किममा तीन नेपालीसहित सात जनाको मृत्यु
काठमाडौं । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ । सिक्कम सरकारले बिज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुने तीन नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् ।नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् । तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृत्यु हुनेहरूमा