रवि,रमेश र स्वर्णिमले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका चितवन-२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले उम्मेदवारी दिने पक्का भएपछी आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ । स्वर्णिम वाग्ले नेपाली कांग्रेस पार्टी परित्याग गरी