विशेष समाचार

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं : कलाकार दुर्गेश थापा बेलाबेला विवादमा आइरहने कलाकार हुन्। यतिबेला फेरि एउटा विवादमा तानिएका छन् । दुर्गेशलाई हाल कुटपिटको आरोप लागिरहेको छ। उनी विरुद्ध कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी समेत परेको छ। प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको रिदम क्षेत्रले बताएका छन्। यसबारे भने दुर्गेशले कुनै धारणा राखेका छैनन् । हाल प्रहरीले

सत्ता गठबन्धनको बैठक मंगलवार बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरु माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच मंगलबार दिउँसो १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । भोलि दिउँसो ४ बजे गठबन्धन दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए

नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाण्डौं : नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। सोमवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी,मिरा चौधरी र टेक बहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

नवलपरासीमा बम भेटियो

नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा मुला र गाजर सुकाएजस्तै गरी बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगलनजिकै बारीमा बम फेला परेको हो । बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा चौपाया चराउन गएका किसानले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो । भारतीय सेनाका पूर्वसैनिकसमेत

सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज(शनिवार) अन्तिम सुनुवाइ हुँदैछ । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ । शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय

रिक्सा दुर्घटनाका घाईते तीन जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ सेरीगाउँमा अटो रिक्सा दुर्घटना हुँदा गम्भिर घाईते भएका तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । घाईते ६ जना मध्य तीन जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । गम्भिर घाईते भएका रोशन बिष्ट, खिमा खड्का र सरिता ओली बिष्टलाई थप उपचारको लागि जिल्ला बाहिर

लुम्बिनी प्रदेशमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलको माग

रुपन्देही । नयाँ राजनीतिक समीकरणसँगै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । आइतबार नेकपा माओवादी केन्द्रसहितका दलहरु सरकारबाट बाहिरिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको पद संकटमा परेको हो । प्रदेश सरकारबाट बाहिरिएसँगै कांग्रेस, माओवादीसहितका ८ दलका सांसदले लुम्बिनी नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षरसहित पत्र बुझाएका छन् ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री

सरकारले चाडै पूर्ण आकार लिनेछ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको साझा नीतिगत प्रतिवद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले अहिले सरकारको साझा नीति तथा कार्यक्रमसहितको नीतिगत प्रतिवद्धतामाथि गठबन्धनभित्र छलफल भइरहेको भन्दै त्यसैको आधारमा सरकारले पूर्ण आकार लिने बताएका हुन् । उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै बिशेष मन्त्रालयमा दावी नगरेपनि मुलुकको अर्थतन्त्रलाई बुझ्ने र समस्या समाधान

प्रहरीका आइजिपीलाई प्रधानसेनापतिको बधाई

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाई दिएका छन् । जंगीअड्डामा भेट्न पुगेका कुँवरलाई शर्माले बधाई दिएका हुन् । सुरक्षा निकायका दुई प्रमुखबीचको भेटमा आपसी सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

काठमाण्डौं ।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज (आइतवार) दर्ज्यानी चिह्न लगाएका छन् ।  कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् । नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई आईजीपीमा नियुक्त गरेको थियो ।