विशेष समाचार

'जारी ट्रेलर'मा श्रीमानश्रीमतीबीच उत्पन्न हुने दरार

आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको जारी’ को ट्रेलरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो । शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको

बेनिशा निर्देशित सर्ट सिनेमा 'मिसिङ ब्राइड' सिनेमाघर एपमा सार्वजनिक

काठमाडौं । वर्षा राउत र विवेक सिंह ठकुरी स्टारर सर्ट सिनेमा ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ। यो सर्ट सिनेमालाई अभिनेत्री बेनिशा हमालले निर्देशन गरेकि हुन् । बेनिशाको लागि यो निर्देशकीय ‘डेब्यू’ सर्ट सिनेमा हो। बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो

सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

काठमाडौं : गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि

फ्रान्सको शानदार जीत

पेरिस । कप्तान केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गरेको छ ।पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४-० को शानदार जीत हासिल गरेको हो । एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका

बिहानैदेखि सुदूरपश्चिममा मेघगर्जनसहित वर्षा

काठमाडौं । देशका विभिन्न भागमा आज मौसममा बदलीदेखि वर्षाको सम्भावना रहेको हो । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक

प्रदिप रोदनका दुई मुक्तक

मुक्तक आँखाभरी पानी हुन्छ भनेकै हुँमुटुभरी जलेर खरानी हुन्छ भनेकै हुँत्यतिबेला जे पर्छ व्यहोरौला भन्यौंमैले मायामा नोक्सान हुन्छ भनेकै हुँ । रात रातभर रहेछ दिन दिनभर रहेछसमय तेरो पनि मेरो जस्तो स्तर रहेछहेरियो बुझियो तिम्रो बस्तीमा पनिपत्थर भगवान,भगवान पत्थर रहेछ।

प्रहरी सेवालाई अझै प्रभावकारी र चुस्त बनाउँदै लैजान्छु :आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीको नवनियुक्त ३० औ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रहरी प्रधान कार्यलयमा शुक्रबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए । उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले

दश जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले १० (दश) जिल्लाका सिडिओ हेरफेर गरेको छ । आज (शुक्रबार) गरेको हेरफेरमा केही जिल्लाका सिडिओलाई दुई महिनामै हटाइएको छ ।

वसन्त कुँवर प्रहरीको ३० औं आईजीपी नियुक्त

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको ३० औ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । आईजीपीको दाबेदारका अन्य एआईजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआईजी

नेपालको जनसंख्या २ करोड ९१ लाख बढी

काठमाडौं । सरकारले नेपालको जनगणना २०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना-०७८ को नतिजा सार्वजनिक गरेका हुन् । तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । पूर्ण विवरण