गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले आज(शुक्रवार) गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारबाट बाहिरिन नेताहरुलाई यसअघि नै निर्देशन दिइसकेका छन् । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी