विशेष समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। पुस १० गते प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो।

डिएसपी विष्टको बढुवा रोक्का,बमलाई नसियत हुने

काठमाडौं । प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बम कारबाहीमा परेका छन् । फागुन १ गते काठमाडौंको बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको लुटपाटको घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले उनीहरुलाई कारबाही गरेको हो । उनीहरुको कमजोर कमाण्डका कारण प्रहरीकै गाडीमा आगजनी, तोडफोड र मोबाइल पसल लुटपाट भएको प्रहरी प्रधान कार्यालयको ठहर रहेको छ । कारबाही स्वरुप डीएसपी विष्टलाई तीन वर्षसम्म बढुवा रोक्का गरिएको

प्रधानमन्त्री प्रचण्डले सोमवार विश्वासको मत लिँदै

काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुबीच आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र भोली सोमबार प्रधानमन्त्रीले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । बैठकमा

युट्युवका हेडलाईनप्रति निता ढुंगानाको आपत्ति

काठमाडौं : नायिका निता ढुंगानाले युट्युवमा आएका हेडलाईनप्रति आपत्ति जनाएकी छिन्। आफू लक्षित जथाभावी हेडलाईन राखेर भिडियो अपलोड गर्ने युट्युब च्यानलहरुको स्क्रिनसट सार्वजनिक गर्दै एक स्टाटस समेत लेखेकी छिन् । ‘कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ, निताले फेसबुकमा लेखेकी छिन्, ‘विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा

जनयुद्धमा सहादत प्राप्त गर्नेहरु सहिद घोषणा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो ।

कलियुगका सन्तनु

लघुकथा कलियुगका सन्तनुस्वर्गमा भएको गोला प्रथा अनुसार राजा सन्तनु र गंगाको भागमा नेपाल लेखेको चिट परेपछि काठमाडौँ छिरेकी गंगाले शारदे घाम छिर्ने बैठक कोठाको सोफामा बसेका  सन्तनुसँग भनिन् , स्वामी बिहेकै बखतमा हजुरले मैले जे जे भन्छु अवश्य मान्नेछु भन्ने बाचा सहित मलाई भित्र्याउनु भएकै हो।अब त्यो बाचा पूरा गर्ने दिन आएको छ । निकै गम्भीर मुद्रामा देखिएकी गङ्गाको आंखामा आंखा जुधाउंदै सन्तनुले भने , माग प्रिय तिमीलाई जे माग्नुछ

व्यस्त सहरको कथा

व्यस्त सहरमाआफूलाई नितान्तएक्लो पाउँछुव्यस्त भीडभाडमाएक्लो पार्ने सहरको विशेषता भइसकेको रहेछ ! मलाई लाग्थ्यो, सहर मेरो पनि होयहाँका मानिस मेरै आफन्त हुन्यहाँको समृद्धिमा मेरो पनि हिस्सा छप्रत्यक्ष सरोकार छ सहरसँगमेरो पनितर, होइन रहेछसहर बिरानो रहेछसहरको रहनसहन, जनजीवन,सोचेभन्दा बिल्कुल फरक रहेछमालिक प्रवृत्तिको विकास भएको रहेछघैला, मैला, गरिब, पाखे, भेडादेख्दा रहेछन् गाउँमा बस्नेलाईटोपी खस्ने आलिसान महलगहिरिएर हेर्यो भनेहाम्रै पसिनाले बनेको हुनसक्छयहाँको माटो परीक्षण गरियो भनेहाम्रै पुर्खाको रगतको गन्ध मिल्छ होला ! दुःख लाग्छ–जहाँ हाम्रो

महाकालीपारिको भूमिबाट

राजेन्द्र खनाल ‘क्षितिज’लिम्पियाधुरामा बसेर म तल बगेको महाकाली नदी हेर्छुर, आफैँलाई प्रश्न गर्छु–म यता छु कि उता ?म आफ्नै भूमिमा छु कि पराई भूमिमा ?जब भावुकताका आँसु आउँछन् आँखाबाटरतपतप झर्न खोज्छन् प्रिय भूमिमा,जब सललल बग्न खोज्छन् प्रिय नदीमाथाहा छैन–मेरा आँसु आफ्नै भूमिमा झर्छन् कि पराई भूमिमा ?मेरा आँसु आफ्नै नदीमा बग्छन् कि पराई नदीमा ?०००पुर्खौँदेखि बस्दै आएको यो थातथलोसदियौँदेखि सिञ्चँदै आएको यो रस्तीबस्ती कहाँ बिर्सन सकिन्छ बर्सेनि तीन बाली उब्जाएको, कहाँ भुल्न सकिन्छ

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्नेछु : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न बाँकी रहेको र त्यसलाई निष्कर्षमा पुर्याउन आफ्नो तर्फबाट इमान्दारीपूर्वक प्रायस गर्ने बताए । उनले भने, ‘शान्ति प्रक्रिया अहिले निष्कर्षमा पुग्न बाँकी छ । त्यो निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट हुने प्रयास इमान्दारीपूर्वक गर्ने छु । उनले अफूलाई मत दिने संघीय र प्रदेश सांसद्लाई धन्यवाद

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७ हजार

काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रततोलामा चार सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी