विशेष समाचार

क्रिकेट खेलाडीलाई जनही ४ लाख दिइने

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ४ लाख रुपैयाँ दिने घोषणा गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका प्रति खेलाडीलाई ३ लाख र वागमती प्रदेश सरकारले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिएका छन् । उनले ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली

‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । सिनेमाको शुभमुहूर्त समारोहमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो । सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । अब सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको

स्ववियु निर्वाचनमा मौन अवधी सुरु

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधानअनुरुप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि

कोसी,मधेस,वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित पानी पर्ने

काठमाडौं । आज कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित

२०८० सालमा देशभर ३५ दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले २०८० विदा राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सूचीअनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुनेगरी सार्वजनिक विदा दिइएको छ । सरकारले बिहीबार राजपत्रमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्तीलगायतका सार्वजनिक विदाबारे सूचना प्रकाशित गरेको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा ‘पृथ्वी जयन्ती’ र १ फागुनमा ‘जनयुद्ध दिवश’मा पनि सार्वजनिक विदा दिएको छ ।

चैत ६ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनका लिने आवश्यक व्यवस्था मिलाइदिन संघीय संसदको सचिवालयलाई पत्र पठाएका छन्। प्रधानमन्त्री दाहालले यसअघि एमालेसँग गठबन्धन सरकारको नेतृत्व गर्दै पुस २६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेका दाहालले ६ गते विश्वास लिन लागेका हुन्। वर्तमान सत्ता गठबन्धमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी

नेपालले गर्‍यो युएईलाई पराजित, विश्वकपमा भयो छनोट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो ।यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।

दूधको मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आज (बिहीबार) देखि नै लागू हुनेगरी प्रति लिटर १६ रुपैयाँसम्म दुधको मूल्य बढाएको छ । डीडीसीले आज (बिहीबार) देखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव झाका अनुसार सरकारी निर्णयअनुसार बढेको दूधको मूल्य किसानलाई दिइसकेकाले त्यो मूल्य उपभोक्तालाई पर्ने गरी मूल्य बृद्धि गरिएको हो । उनले भने, ‘बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन्, त्यहीं

उपराष्ट्रपति निर्वाचनमा तथस्ट बस्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा तथस्ट बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गायक डिजीलाई उत्कृष्ट समाबेशी म्यूजिक अवार्ड

काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल भएका हुन । ‘तोहर नथियामा’ गायक प्रमोद डिजी र अन्जु चौधरीको स्वर रहेको छ । बाँके