विशेष समाचार

आऊ, आज बिदा मनाऊँ

कविता चर्का कुरा गरेरपरिवर्तनका गफ लाउँदैमा बित्ने दैनिकी अरूको आलोचनाबुका आश्वासनखोक्रा उपदेश दिँदैमाबित्ने मास बेकामे भईसिद्धान्तका ठेलीकोफिरिस्त लगाउँदैमाबित्ने वर्षहरूमा  परिवर्तनका खातिरअनाहकमा गुमाएकाहजारौँ जीवनकोहिसाबकिताब गर्न कहाँ भ्यायौ र !त्यसैले आऊ, आज बिदा मनाऊँ  शासनका अकर्मण्यतागुमनाम भविष्यव्यर्थमा लुटिएका लाखौँ खुसीको लेखाजोखा गर्नकै लागि फुर्सदिलो कहिले भयौ र !त्यही भएरआज ती जीवन कुर्बानीकोमतलब खोजौँती जीवन गुमाउन लगाउँदाकाप्रतिबद्धता खोजौँलुटिएका सिन्दूरको मर्म बुझौँखोसिएको सहाराको दुःख सम्झिऊँगुमेको विगतको दारुण चित्र हेरौँत्यसकै लागि भए पनिआऊ, आज बिदा मनाऊँ ।बाह्रखरी

पृथिवीको इन्द्र

लघुकथा आफूले भनेको खुरुखुरु मान्ने अहल्यालाई छेउमै भेटेपछि इन्द्रले भने , हेरन अहल्या परीक्षा आउन लाग्यो फेरि कक्षा१२ को बोर्ड परीक्षा तयारी पनि पुगेको छैन । यही बेला गौतमले नोट कापी लगेर मेरो त हरिबिजोग पो पार्यो । लौ न केही उपाय लगाएर कापी फिर्ता गरिदेऊ न । इन्द्रको कुरालाई नाइनास्ती नगरी सिधै एकान्तकुनामा रहेको गौतमको घरमा पुगे लगत्तै अहल्याले भन्न थाली , गौतम तयारी त निकै दरो जस्तो छ

आठ दलीय गठबन्धनले आज  उपराष्ट्रपतिबारे निर्णय गर्ने

काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय  गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज(शनिवार) बिहान साढे ८ बजे बस्नेछ ।   सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अलमलमा छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयनको कार्यतालिका छ । 

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन प्रचण्डको नाममा आदेश जारी गरेको छ । प्रचण्डविरुद्धको रिटमाथि शुक्रबार रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम

प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाण्डौं । शुक्रबार नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

आदर्श मावि नेपालगन्जका विद्यार्थीद्वारा शैक्षिक सामाग्री वितरण

नेपालगन्ज : आदर्श माध्यमिक विद्यालय नेपालगन्जका विद्यार्थीहरु हर कुरामा अग्रसर छन्। चाहे पढाइमा होस् या अन्य अतितिक्त क्रियाकलापमा नै किन नहोस् सदैव सक्रिय छन्। त्यसो त, सामाजिक कार्यमा पनि अग्रसर छन् आदर्शका विद्यार्थीहरु। शुक्रबार मात्रै यस् विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । आदर्श माविका प्रशिक्षक चेत चापागाईंको नेतृत्वमा विद्यार्थीहरुले बर्दियाको सत्खलुवा स्थित ‘अमर सहिद दशरथ चन्द्र’ माध्यमिक विद्यालयका सानासाना नानी बाबुहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सो दलका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शुक्रबार) विहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो पार्टीको संसदीय दलको नेता समेत रहेका श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३

निर्वाचन आयोगले भन्यो– उपराष्ट्रपति महिला हुनुपर्छ

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति महिला हुनुपर्ने बताएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक जना महिला हुनुपर्ने जनाएको हो । हेर्नुस् बिज्ञप्ती

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । ०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा

स्ववियु निर्वाचनमा आज मनोनयन पत्र वितरण

काठमाडौं । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज (शुक्रवार) उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । भोलि (शनिवार) प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी