विशेष समाचार

शाहरुख अभिनित पठानले गर्‍यो १०२६ करोड संकलन

बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ले अहिले बक्स अफिसमा एकभन्दा बढी रेकर्ड तोड्न व्यस्त छ । यस फिल्ममार्फत शाहरुखले करिब चार वर्षपछि पुनरागमन गरेका छन् । शाहरुखको पठानलाई फ्यानहरुले निकै मन पराएका छन् । शाहरुख अभिनित पठानले १०२६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ । यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको

मदनचोक मेडिकलद्वारा ४५ जनाको नि:शुल्क सुगर परिक्षण

नेपालगन्ज : बाँकेको कोहलपुर मदनचोक स्थित मेडिकलले शनिबार ‘डाक्टर डे’को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। मदनचोक वरपरका स्थानीयलाई सेवा दिने उद्देश्यले १ दिन स्वास्थ्य शिविर आयोजना गरिएको मदनचोक मेडिकलका संचालक शिशिर सापकोटाले बताए। शिविरमा नि:शुल्क छाला रोग र सुगर चेकजाँच गरिएको थियो। भेरि अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ छाला राेग विशेषज्ञ चिकित्सक डाक्टर अनिशा उप्रेतीद्वारा ८५ जना बिरामीहरुको चेकजाँच गरिएको थियो। चेकजाँच पश्चात् नि:शुक्ल औषधि समेत वितरण गरिएको थियो।

स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिँदैछ । आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २८ गते

काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज(आइतबार) बिहानै भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

`पढाइ कुना´बाट आएको परिवर्तन

बर्दिया । बर्दियाको ठाकुरबाबास्थित ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृति थारु केही अघिसम्म आफ्नापोशाक र शैक्षिक सामग्री छरपस्ट पार्थिन् । आरती थारुकी छोरी प्रकृती आजभोलि स्कुलबाट घर फर्केपछि सबै व्यवस्थापन गर्छिन्।पढाइ कुना निर्माणले उनको दैनिकीमा परिवर्तन ल्याएको हो । प्रकृतीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेरसिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइयो । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारितथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीकाको समन्वय सहकार्यमाबालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाइ कुनाले प्रकृतीको दैनिकी कृयाकलाप फेरिएको छ । प्रकृतीको पढाइ कुनामा कापी कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन्। हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन। प्रकृतीकी आमा आरती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन्। सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथानगरपालीकाले सिकाइ अनुसार घरमा पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ ।’ प्रकृतीले पढाइ कुनामा हरेक दिनकरिब दुई घण्टा पढ्छिन्। बारबर्दिया नगरपालीका वडा नं. ११कि सैलीजा ढोटैली, गेरुवा गाउँपालीका वडा नं ५ को आइसा थारुको घरमा पनि पढाइ कुना छ। उनीहरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिकसामग्रीहरू त्यही राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन्। त्यही कोठामा पढ्छिन्। पहिले उनको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन्। आजभोलि नियमित पढ्छिन्। घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा रव्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ। आइसा भन्छिन्, स्याक नेपाल बाँकेले परियोजना संचालन पछि ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ। पढौं पढौं लाग्छ।पहिले घरमा पढ्नै मन लाग्दैनथियो। विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो। अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढीबढ्न मन लाग्छ।’ प्रकृती, आइसा, सैलीजाको घरमा मात्र होइन । बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका रगेरुवा गाउँपालीकाको परियोजना संचालन भएका करिब २ सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएको सिकाइ परियोजनाकापरियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरियानगरपालीका र गेरुवा गाउपालीको समन्वयमा पढाइ कुना बनाइएका हुन।  शर्मा भन्छन् ‘विद्यार्थीको सिकाइ स्तर कमजोर भएकापरिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घरबनाउन असल अभ्यासको सुरुवात गरेका छौं।प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथाबारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूकालागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ । बिजय प्राथामिक बिधालय बारबर्दिया नगरपालीका वडा नं ११ प्रधानाध्यापक धरमेन्द्र थारुले पढाइ कुना र सिकाइ केन्द्र सञ्चालनभएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताए । ठाकुरबाबा नगरपालीकाका कार्यलय प्रमुख रामहरि रिजालले सस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र सस्थालेसंचालन गरेका हरेक कृयाकलापमा नगरपालीकाको समन्वय सहकार्य रहेको छ । सस्थाले पुर्व प्राथामिक तहमा गरेको लगानी सार्थक रउपलब्धी मुलक भएको बताउनु भयो । बारबर्दिया नगरपालीका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपालबाँकेले यस बारबर्दिया नगरपालीकाको शैक्षिक गुणस्तिर बृद्धिका लागी उल्लेखनिय कार्य गरेको छ । राज्यको नजर नपुगको ठाउमासस्थाले पुर्वप्राथामिक कक्षाहरुलाइ नमुना बनाउने,आइसिटि सहयोग मार्फत प्रबिधि मैत्री सिकाइ,अभिभाक शिक्षा,भौतिक पुर्वाधारनिर्माण,र पालीका स्तरको शिक्षा निति, शिक्षा योजना, र स्थानिय पाठ्यक्रम निर्माण गर्नमा महत्वपुण भुमिका निर्वाह गरेको छ । तसर्थपरियोजना मार्फत बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूकोसिकाइमा उल्लेख्य सुधार भएको नगर प्रमुख थारुले बताए ।

सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास

डोटी । डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले  सिलीन्डर ग्यासमा आगलागि नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को सहकार्यमा दिपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागि नियन्त्रण र सुरक्षा सचेतनामुलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो । खाना पकाउने ग्यास सिलिन्डरमा आगलागि भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागि सम्बन्धी नमुना अभ्यास

रेष्टुरेन्टको  छैटौँ तलाबाट खसेर नेता सरोजकुमार उपाध्यायको निधन

काठमाडौं । रेष्टुरेन्टको छतबाट खसेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार नेता उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । उनलाई तत्काल उद्दार गरेर मिनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार सिभिलबाट उनलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएतापनी उनको उपचारकै क्रममा निधन भएको हो । उनी एकीकृत

लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडोको उपाधी खजुराको मंगोलियनलाई

नेपालगंज । दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगितामा बाँके खजुराको मंगोलियन जुडो डोजेले उपाधी जितेको हो । बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न खेलमा मंगोलियनले ६ स्वर्ण, २ रजत र ५ कास्य जित्दै उपाधी जितेको हो । दाङ जुडो डोजोले ३ स्वर्ण, ४ रजत र ३ कास्य जित्दै दोस्रो स्थानमा रह्यो भने २ स्वर्ण, ४ रजत र ६ कास्यसहित प्रतियोगिता आयोजक कम्दी जुडो डोजो तेस्रो बन्यो । त्यस्तै बर्दिया जुडो डोजोले भने

सनविम माविले मनायो २० औं वार्षिक उत्सव

नेपालगन्ज : शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको नेपालगन्जको सनविम माध्यमिक विद्यालयले आफ्नो २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। हरेक वर्षझै यस् वर्षपनि विद्यालयले शनिबार धुमधामका साथ विद्यालय प्राङ्गणमा वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको हो। सनविमका संचालक तथा अध्यक्ष चेतप्रसाद चापागाईंको सभापतितब रहेको वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका

दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रति लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको हो । दूधको मूल्य बढाउनुपर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेका थिए ।नयाँ मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा