वित्तिय संस्थाको सुरक्षा प्रबन्ध मिलाउन सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
काठमाडौं । सरकारले देशभरका बैंक तथा वित्तिय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमातहतका सुरक्षा निकायलाई परिपत्र गरेको छ । बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई धम्क्याएका घटनाहरु बाहिरिएपछि शुक्रबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार